बेनी खानेपानी तथा सरसरफाई उपभोक्ता संस्थाको अठारौँ साधारण सभा सम्पन्न

  • २१ पुष २०७४, शुक्रबार
  • धिरन खत्री
  • 2200 पटक पढिएको

म्याग्दी, २१ पुष । स्वच्छ पानी स्वस्थ जीवन भन्ने मुल नाराका साथ सदरमुकाम बेनीलाई खानेपानी वितरण गर्दै आएको बेनी खानेपानी तथा सरसरफाई उपभोक्ता संस्थाको अठारौ साधारणसभा शुक्रबार बेनी सम्पन्न भएको छ ।


सो साधारण सभालाई उद्घाटन गर्दै बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठले सदरमुकाम बेनीबजारबासीलाई निरन्तर वितरण गरिएको स्वच्छ खानेपानीलाई आगामी दिनमा प्रविधिमैत्रि बनाउनआग्रह गर्दै ब्यवस्थापन लागि बेनी नगरपालिबाट पुर्ण सहयोगको प्रतिवद्धता गर्नुभएको थियो । निरन्तर सदरमुकाममा भएको जनसंख्या बृद्धिलाई मध्यनजर गर्दै आगामी दिनमा शुद्ध पानी वितरण लागि योजना निर्माण गरि अघि बढ्न समेत आग्रह गरेका थिए ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले घरघरमा वितरण भएको शुद्ध पानीलाई ब्यवस्थापन गर्न संस्थाको कार्यसमिति देखि उपभोक्ताको समेत भुमिका महत्वपुर्ण हुने बताउनुभएको छ । खानेपानी सवडिभिजन कार्यालयका प्रमृुख ईश्वरी शर्मा, बेनी नगरपालिका –८ वडा अध्यक्ष रामकृष्ण बराईली, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कर्मचार्य, पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्भा र संस्थाका सदस्य यजनलाल शाक्यले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


९ सय ३१ उपभोक्ता रहेको सो संस्थाको प्रगति प्रतिवदेन संस्थाका सचिव माधवप्रसाद रेग्मी र आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष याम शाक्यले प्रस्तुत गर्नुभएको थियो । संस्थाले आथिर्क बर्ष २०७३/०७४ मा भएको संस्थाको गतिविधि सहित आर्थिक बर्ष २०७४/०७५ को योजना समेत प्रस्तुत गरिएको थियो । संस्थामा रहेर इमान्दार रुपमा काम गरेको भन्दै मिटर रिडर सौरभ किसानलाई नगद सहित सम्मानपत्रले संस्थाका अध्यक्ष र प्रमुख अतिथिले सम्मान गर्नुभएको थियो ।


संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष तुलसीलता श्रेष्ठको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन संस्थाका सचिव माधवप्रसाद रेग्मीले गरेका थिए । सो साधारण सभाबाट नया कार्यसमिति पनि चयन गरिनेछ । नयाँ नेतृत्व चयनका लागि बन्द सत्र जारी छ

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l