मुसुङमा माघे संक्रान्ति मेला हुँदै

  • २१ पुष २०७४, शुक्रबार
  • 2914 पटक पढिएको

म्याग्दी, २१ पुस । म्याग्दीको बेनी नगरपालिका–मुसुङमा माघे संक्रान्ति पर्वको अवसरमा खेलकुद तथा साँस्कृतिक मेला सुरु हुने भएको छ । यहि पुस ३० गतेदेखि माघ ५ गतेसम्म विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेको मेला आयोजक स्वर्गाश्रम युवा क्लबले जनाएको छ । मेलाको अबसरमा पुरुष, महिला भलिबल, तारा खेल, मैत्रीपूर्ण भलिबल, अन्धनिसानी लगायतका प्रतियोगिता आयोजना गरिएको छ ।

त्यसैगरि सो डान्स लगायतका साँस्कृतिक कार्यक्रम रहेने सो मेलामा गायक सज्जन बोहोरा, बिमल श्रीपाली, गायीका गिता पाईजा पुन, अमृता श्रीपाली लगायतका कलाकारको बिशेष साँगेतिक प्रस्तुती समेत रहने आयोजकले जनाएको छ । मेलाको उद्घाटन कार्यक्रममा प्रदेश सभा क का साँसद विनोद केसी, वडा अध्यक्ष पदम पुन लगायतका नेताहरुको समेत शिषेश उपस्थिती रहने मेला संयोजक याम श्रीसले बताउनुभयो ।