‘‘झुक्कायो म्याग्देली सोल्टीले’’ गित छायांकन ( सुटिङ रिपोर्ट सहित)

  • २१ पुष २०७४, शुक्रबार
  • 3366 पटक पढिएको

म्याग्दी, २१ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–४ की नवगायिका झरना बराईली आफ्नो पहिलो साङ्गितिक कोशेली ‘‘झुक्कायो म्याग्देली सोल्टीले’’ बोलको गित बजारमा ल्याएकी छिन् । बराईलीले तयार गरेको पहिलो गितलाई म्युजिक भिडियो समेत तयार गर्न लागिएको छ ।


म्याग्देली कलाकार प्रविण छन्त्यालको लय, प्रवेश छन्त्यालको शब्द संकलनमा तयार गरिएको लोकदोहोरी गिति एल्बम ‘‘झुक्कायो म्याग्देली सोल्टीले ’’ गितको म्युजिक छिडियो छायांकन गरिएको छ । झरना बराईली र विश्व विनोदको स्वरमा तयार गरिएको सो गितमा झलक संगितमले एरेन्ज गरेका छन् ।
बेनीको क्रियटिभ मिडिया प्रोडक्सनले तयार गर्न लागेको सो गितको म्युजिक भिडियो बेनी नगरपालिका १ रत्नेचौर र बेनपा–२ लभ्लीहिल क्षेत्रमा छायाँकन गरिएको हो । सो म्युजिक भिडियोमा कलाकार राजिन पुन र थारु लामिछाने लगायतले अभिनय गरेका छन भने कोरशमा मारुनी नृत्य केन्द्रका कलाकारहरुले नृत्य गरेका छन् ।
ध्रुव जिसीको व्यवस्थापनमा भुपेन बानियाँले निर्देशन गरेको सो म्युजिक भिडियोमा राजिन पुनले कोरियोग्राफर, सुस्मिता श्रेष्ठले मेकअप र विशाल गोतामेले सह छायांकनको भूमिका खेलका छन् । बेनीको क्रियटिम मिडियाले पछिल्लो समय म्याग्दीका पर्यटकीय क्षेत्रहरुमा विभिन्न म्युजिक भिडियोहरुलाई छायांकन गरि दर्शक श्रोतामाझ पु¥याउने काम गर्दै आएको छ ।