बालगृहका बालबालिकालाई सहयोग गर्दै केसीले मनाए जन्मदिन

  • १९ पुष २०७४, बुधबार
  • 1627 पटक पढिएको

 

म्याग्दी १९ पुस । यहाँका एक युवाले बालगृहका बालबालिलाई सहयोग गरि आफ्नो जन्मदिन मनाएका छन् । बेनी नगरपालिका –वडा ९ का नेपाली कांग्रेसका वडा सभापति समेत रहेका चक्र बहादुर केसीले आफ्नो जन्मदिन जिल्ला बाल संगठनमा रहेका ११ जना बालबालिकाहरुलाई आश्यक शैक्षिक सामाग्री बितरण गरेर मनाएका हुन ।

जन्मदिनलाई अनावश्यक तरीकाले मनाउन भन्दा पनि आफ्नो सहयोगले बालबालिकाहरुकोे शैक्षिक आबश्यकतालाई सहयोग पु¥याहोस भन्ने उदेश्यले हिसावले आफुले बालकालिकालाई सहयोग गरेको केसीले  बताएका छन ।

हाम्रो सानो सहयोगले बालसंगठनमा रहेका बालबालिकाहरुलाई ठुलो महत्व राख्ने हुनाले जन्मदिनमा हुने फजुल खर्च म्याग्दीका असाए तथा अनाथ बालबालिकाहरुलाई सहयोग गर्न अनुरोध समेत गरेका छन । केसीले अघिल्लो वर्षको जन्मदिनमा घतान नेप्टेचौरमा रहेको राष्ट्रिय माविमा शैक्षिक अक्षयकोषको स्थापना समेत गरेका थिए । केसी राजनिति संगसंगै समाजसेवामा समेत सक्रिय छन्