बिम–ताकम सडक निर्माण उपभोक्ता समिति गठन

  • २१ फाल्गुन २०७३, शनिबार
  • 2125 पटक पढिएको

Myagdi Banner 1 New

म्याग्दी, २१ फागुन । म्याग्दीको बेनी–दरवाङ–बिम–ताकम–जलजला सडक अयोजनाको बिम ताकम खण्ड निर्माणका लागि शुक्रबार उपभोक्ता समिति गठन भएको छ ।

खुमनाथ सुवेदीको अध्यक्षतामा गठन भएको समितिको सचिवमा किरन थापा, कोषाध्यक्षमा पदमकुमारी आचार्य र सदस्यहरुमा तारादेवी थापा, गोविन्द पौडेल, राजु बिक, प्रेमप्रसाद पुन, शेरबहादुर थापा र चन्द्रकला सुवेदी रहनुभएको छ ।

यसैगरी यमन रोकाको संयोजकत्वमा मनबहादुर भण्डारी, गौमती थापा, डिल्लीराज सापकोटा, धना केसी, देवबहादुर थापा र एकमाया पौडेल सदस्य रहनुभएको अनुगमन समिति गठन भएको आयोजनाका प्रमुख कृष्ण रायले जानकारी दिनुभयो ।

उपभोक्ता समिति मार्फत बिम देखि ताकम जोड्ने सडकको ताकम खण्डमा ट्याक खोल्ने काम गरीने भएको छ । सो योजनाका लागि जिविसले यस वर्ष ६० लाख रुपैया बिनियोजन गरेको छ । हाल बिमको शिवरात्री खोला नजिकैसम्म सडक पुगेको छ ।