केवी एकेडेमिलाई पराकिलो गोल अन्तरले पन्छाउँदै फाईनल प्रवेश ग¥र्यो वेष्ट प्वाइन्ट (फोटो फिचर)

  • १७ पुष २०७४, सोमबार
  • कमल खत्री
  • 1717 पटक पढिएको

 

म्याग्दी, १७ पुस । सदरमुकाम बेनीमा जारी १६ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीज कप फुटवल प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट आवसीय मावि फाईनल प्रवेश गरेको छ । सोमबार भएको सेमिफाईनल खेलमा केवी एकेडेमिलाई पराकिलो गोल अन्तरले पराजीत गर्दै साविक उप–विजेता समेत रहेको न्यू वेष्ट प्वाइन्टले फाईनल यात्रा तय गरेको हो ।

खुला मञ्चमा भएको खेलमा केवी एकेडेमिलाई १ का विरुद्ध १० गोल गर्दै वेष्ट प्वाइन्ट फाईनल प्रवेश गरेको हो । वेष्ट प्वाइन्टले मंगलवार विहान ८ बजेदेखि सुरु हुने फाईनलमा चिरपरिचित टिम साविकको बिजेता समेत रहेको माउण्ट एभरेष्टसंग प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनलमा न्यू वेष्ट प्वाइन्ट र केवी एकेडेमि बिच भएको प्रतिस्पर्धात्मक खेलमा म्याग्दीअनलाईनका सम्पादक कमल खत्रीले लिएका रोचक तस्बिरहरु तल हेर्नुहोस

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l