ओछ्यानबाटै जिबन रक्षाका लागि सहयोगको अपिल

  • १७ पुष २०७४, सोमबार
  • 2621 पटक पढिएको

म्याग्दी,१७ पुस । म्याग्दीको बेनी नगरपालिका–९ स्थायी घर भएका टिका बहादुर खत्रीले ओछ्यानबाटै जीवन रक्षाको लागि सहयोगको अपिल गरेका छन ।


सामान्य परिवारका खत्री बिगत दुई महिना देखि हाडजोर्नीको कारण बाट ग्रसित भएका खत्री अस्पतालको समान्य उपचारपछि आर्थिक अभावका कारण ओछ्यानमै थला परेका छन् । जन्मदेखी नै दायाँ खुट्टा छोटो भएको र जन्मदेखि नै अपांगता हुदाँ परिवारको जिम्मेवारी भएका खत्रीलाई समान्य घरखर्च गरेर घरपरिवार चलाएका थिए । बिरामी परेपछि घर खर्च चलाउन गाह्रो भएपछि उनको परिवारमा थप सास्ती भएको उहाको बृद्धा आमाको भनाई छ । उनको परिवारमा बृद्धा आमा, लाटी श्रीमती र दुई छोरा छन।
उनका भाई चित्रबहादुर खत्रीले आफनो क्षमताले थेक्न सक्ने सम्मको खर्च गरेर नसकेपछि दाईलाई घरमा लिएर जीवन रक्षा लागि सहयोगको अपिल गरिएको बताए । उनले उपचारको लागि देश बिदेशमा रहेका सम्पुर्ण सहयोगी मनहरुलाई समाजिक संञ्जालबाट सहयोगको अपिल गरेका छन् । कउनको उपचारको लागि करिव ५ लाख रुपैया लाग्ने अस्पतालले जनाएको छ ।