बुद्ध एकेडेमिलाई स्तब्ध बनाउँदै यसरी फाईनल प्रवेश ग¥र्यो माउण्ट एभरेष्ट (फोटो फिचर)

  • १७ पुष २०७४, सोमबार
  • कमल खत्री
  • 1895 पटक पढिएको

म्याग्दी, १७ पुस । सदरमुकाम बेनीमा जारी १६ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीज कप फुटवल प्रतियोगितामा माउण्ट एभेरेष्ट फाईनल प्रवेश गरेको छ । सोमबार भएको सेमिफाईनल खेलमा बुद्ध एकेडेमिलाई पराजीत गर्दै साविक विजेता माउण्टले फाईनल यात्रा तय गरेको हो । खुला मञ्चमा भएको खेलमा बुद्ध एकेडेमिलाई शुन्यका विरुद्ध ५ गोल गर्दै माउण्ट एभरेष्ट फाईनल प्रवेश गरेको हो ।

साविक बिजेता समेत रहेको माउण्टले मंगलवार विहान ८ बजेदेखि सुरु हुने फाईनलमा चिरपरिचित टिम साविकको उपबिजेता समेत रहेको न्यू वेष्ट प्वाईन्टसंग प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनलमा माउण्ट र बुद्ध एकेडेमि बिच भएको प्रतिस्पर्धात्मक खेलमा म्याग्दीअनलाईनका सम्पादक कमल खत्रीले लिएका रोचक तस्बिरहरु तल हेर्नुहोस  

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l