कहिले पुरा होला पलसँग काम गर्ने रश्मीको चाहना ?

  • २१ फाल्गुन २०७३, शनिबार
  • 1863 पटक पढिएको

m
रश्मी तामाङ र पल शाह नेपालमा चलेका मोडल मानिन्छन् । रश्मी लोक दोहोरी गीतमा ब्यस्त छिन् भने पल आधुनीक पप गीतमा । पल अहिले भिडियो भन्दा चलचित्रको काममा बढी व्यस्त छन् ।

रश्मीलाई पलको अभिनय निकै मनपर्छ । उनीसँगै काम गर्न पाए हुन्थ्यो जस्तो लागेको छ । तर, समस्या पछिल्लो समय पल चलचित्रमा समेत ब्यस्त हुन थालेका छन् तर, रश्मी म्युजिक भिडियोमै सिमित छिन् ।

केहि चलचित्रवाट आएको प्रस्तावलाई समेत अस्विकार गरेको दाबी रश्मीको छ । हुनत, चलचित्रबाट अफर आएको छ तर गरिन भन्न नायिका र मोडलले कहिले पनि छाड्दैनन् ।

कुनै समय राजेश हमालवाट प्रभावित रश्मीलाई अहिले पल निकै मन पर्छ । ‘मलाई पलजीको अभिनय र डान्सिङ स्टाईल मन पर्छ’ रश्मीले भनिन् ।

पलसँग काम गर्ने चाहना भए पनि मौका मिल्ने कुरामा भने उनी आशावादी छैनन् । ‘म लोक दोहोरीमा रमाउँदैछु, उहाँ चलचित्रमा व्यस्त हुनुहुन्छ, कसरि भेट होला र ? ‘ उनले भनिन् ।

-अनलाइन खबर