एकै पुस्तामा बनेको मुलुक

  • १३ पुष २०७४, बिहीबार
  • 2022 पटक पढिएको

काठमाडौ — ६ दशक अघि दक्षिणपूर्वी एसियाको नगरराज्य सिंगापुर पुरै अविकसित थियो । प्रतिव्यक्ति आम्दानी ३ सय २० अमेरिकी डलर पनि थिएन । सन् १९६० मा राष्ट्रसंघले यस गरिब टापु मुलुकको अर्थतन्त्र जगाउन डच अर्थविद डा. अर्ल्बर्ट विनसेमिसलाई खटायो ।

सिंगापुरको अध्ययन गरेपछि उनले त्यतिबला बडो विरक्त लाग्दो टिप्पणी गरेका थिए, ‘एसियाको अँध्यारो कुनास्थित सानो गरिब बजार’ । त्यसको पा“च दशकपछि आज सिंगापुरको बजार न गरिब छ, न सानो नै । जीडीपी (पीपीपी) का आधारमा विश्वको सातौ तेस्रो ठूलो प्रतिव्यक्ति आय यही देशको छ, करिब ७८ हजार डलर । फोर्ब्स म्यागजिनका अनुसार हरेक ६ मध्ये एक घरको नगद बचत कम्तिमा दश लाख अमेरिकी डलर छ । अर्थात, हरेक छैटौंमध्ये एक घर ‘मिलिनियर क्लब’ मा पर्छ । गत दशकमा मात्रै आफ्नै व्यवसाय भएका सिंगापुरीहरूको संख्या दुर्इ गुना बढेको छ । उद्यमी-प्रतिव्यक्तिका हिसाबले यो देश विश्वमै दोस्रो स्थानमा पर्छ, अमेरिकाभन्दा पछाडि ।

सिंगापुर लामो समयसम्म बेलायती नियन्त्रणमा थियो । सन् १९६३ अगष्ट ३१ मा बेलायतबाट छुट्टयिो र ‘फेडरेसन अफ मलेसिया’ गठनका लागि मलेसियामा गाभियो । त्यसको दुर्इ वर्षम्म सिंगापुर मलेसियाको एक भागका रुपमा रह्यो । त्यसबीचमा मलेसिया र सिंगापुरकाबीचको सामाजिक सम्बन्ध कटुतापूर्ण रह्यो । सडकमा दमन र हिंशा सामान्य थिए । सिंगापुरमा मलायाका तुलनामा चिनियाहरू अधिक थिए, तीन चिनियाँ बराबर एक मलाया । क्वाललाम्पुरका मलाया राजनीतिज्ञहरू सिंगापुरमा बढ्दो चिनिया जनसंख्याबाट त्रस्त थिए । त्यो डर चिनियाँ राजनीतिक बिचारधाराको पनि थियो, जसले पुरै टापु र प्रायद्धिपलाई भयमा राखेको थियो ।

उक्त भयबाट मुक्त पाउन क्वाललाम्पुरका नेताहरूले कम्तिमा मलेसियाभित्रै चाहिँ मलायाकोे बहुमत सुनिश्चित गरिराख्न र कम्युनिष्ट बिचारबाट टाढै रहन चाहे । मलेसियाली संसदले सिंगापुरलाई छुट्याइदिने प्रस्ताव पारित गर्‍यो । यसरी सन् १९६५ अगष्ट ९ मा सिंगापुर औपचारिक रुपमै स्वतन्त्र बन्यो । स्वतन्त्रतापश्चात पनि यसले दुःखहरु झेलिरह्यो । मुलुकका ३० लाख जनतामध्ये अधिकांश बेरोजगार थिए । दुर्इ तिहाइभन्दा बढी जनता झुपडीमा बस्थे । सहरको बाहिरी घेरामा अनाधिकृत बसोबास थियो । दुर्इ ठूला तर मित्रवत सम्बन्ध नभएका छिमेकीहरू मलेसिया र इन्डोनियाबीचमा रहेको यो नगर राज्य बडो कष्टप्रद रुपमा सास फेर्दै थियो । विकासको वेग बढाउन न प्राकृतिक स्रोत थियो न आवश्यक पूर्वाधार नै । न सरफाइ थियो न प्रयाप्त पिउने पानी ।

थिए त केवल एक आ“टिला नेता लि क्वान यु, जो मुलुकको प्रधानमन्त्री थिए । उनले अन्तराष्ट्रिय सहयोग खोजे । तर त्यतिबेला उनको अनुरोध कसैले सुनेन, सिंगापुरलाई ‘जे गर आफैं गर’ को स्थितिमा छोडियो ।

कमजोर अर्थतन्त्र र बेरोजगारीको जर्जर अवस्थाबाट मुलुकलाई मुक्त गर्न औधोगिकरणको वृहत कार्यक्रम एउटा संभाव्य उपाय थियो । यस्तो कार्यक्रम श्रम बजार केन्द्रित भयो भने बेरोजगारी घट्न सक्थ्यो । तर सिंगापुरको औधोगिक परम्परा थिएन । जति पनि रोजगारहरू थिए, कि ती नोकरी गर्थे कि व्यापार । औधोगिकरणमा कसैको विशेषज्ञता थिएन । तर पनि सिंगापुरको औधोगिक विकासका लागि होमिए लि ।

आफ्ना जनताका लागि रोजगारी सिर्जना गर्ने दबाबले प्रधानमन्त्री लिले भुमण्डलीकरणलाई आत्मसात गर्न थाले । छिमेकी देशसँग राम्रो व्यापार हुन सक्ने स्थिति नभएको त्यसबेला सिंगापुर त्यहा“भन्दा बाहिर अवसर खोज्न बाध्य थियो । सिंगापुरका नेताहरू इजरायलबाट प्रभावित थिए, जसले आफ्ना अरब छिमेकीहरुलाई ‘बाइकट’ गरेर युरोप र अमेरिकासित व्यापार गरेको थियो । लि र उनका साथीहरुलाई थाहा थियो, उनीहरुले विकसित विश्वस“ग हात अघि बढाउनर्ुपर्छ र उत्पादन उद्योगका लागि बहुराष्ट्रिय कम्पनीहरुलाई आफ्नो देशमा भित्र्याउन विश्वास दिलाउनर्ुपर्छ । बजारको नियम अनुसार लगानीकर्ताहरु आकषिर्त गर्न लिका लागि र्सतहरू थिएः सिंगापुरको वातावरण सुरक्षित र भ्रष्टाचार मुक्त हुनुपथ्र्यो । कर कम हुनुपथ्र्यो । युनियनहरुको हस्तक्षेप हुनुहुन्थेन । यस्तो अवस्थामा प्रधानमन्त्री लिलाई लाग्यो, यी सबै कुरालाई सम्भव बनाउन सिंगापुरका नागरिकले आफ्नो स्वतन्त्रताका कयौं प्रावधानहरुलाई निश्चित समयका लागि भुल्नुपर्छ । र, लागुपदार्थको व्यापार गर्ने र ठूलो भ्रष्टाचार गर्नेलाई मृत्यु दण्ड दिइनुपर्छ । त्यसपछि कामहरू यसै अनुसार हुँदै गए ।

लिको दल पिपल एक्सन पार्टी (पीएपी) ले सबै स्वतन्त्र श्रमिक युनियनलाई बन्देज लगाउँदै एउटै छाता सगठन बनायो, नेसनल ट्रेड युनियन कंग्रेस (एनटीयुसी) । जसमाथि सरकारको पूर्णत नियन्त्रण थियो । राष्ट्रिय, राजनीतिक वा कर्पोरेट एकतामाथि चुनौति सिर्जना गर्ने जोकोहीलाई बिना कुनै ढिलाई जेल हाल्न थालियो । स्वतन्त्र प्रेस र प्रतिपक्षीमाथि लगाम लगाइयो । मुलुकको कानुन क्रुर भए पनि लगानी मैत्री भएकाले त्यसले अन्तराष्ट्रिय लगानीकर्तालाई निकै आकषिर्त गर्‍यो । छिमेकी मुलकहरूमा राजनीतिक र आर्थिक वातावरण अस्थिर थियो । यस्तो अवस्थामा लिले सिंगापुरको वातावरण भने स्थिर र पूर्वानुमान गर्न सकिने बनाए । सिंगापुर उत्पादन उद्योगका लागि यसै पनि सही ठाउँमा थियो । पारबहनका लागि यो सही लोकेसनमा पर्छ भने यहाँ बन्दरगाह प्रणाली पहिल्यै स्थापित थियो ।

स्वतन्त्रताको सात वर्षअर्थात सन् १९७२ सम्ममा सिंगापुरका एक चौथाइ निर्माण कम्पनीहरू कि विदेशी स्वामित्वका थिए, कि संयुक्त लगानीका । अमेरिका र जापान मुख्य लगानीकर्ता थिए । देशको स्थिर वातावरण, लगानीमैत्री अवस्था र सन् १९६५ देखि ७२ सम्म विश्व अर्थतन्त्रको द्रुत फैलावटले सिंगापुरको कुल ग्राहस्थ उत्पादन (जीडीपी) वर्षेनी अंकले बढीरह्यो ।

विदेशी लगानी भित्रिएस“गै लिले आफ्नो ध्यान भौतिक पूर्वाधारका अतिरिक्त मानव संसाधन विकासतर्फकेन्द्रित गरे । देशमा कयौं प्राविधिक शिक्षालय खोले । सूचना प्रविधि, पेट्रोरसायन र इलेक्ट्रोनिक्सका क्षेत्रमा काम गर्ने अदक्ष कामदारलाई तालिम दिन अन्तराष्ट्रिय संस्थाहरूलाई पैसा तिरे । औद्योगिक जागिर पाउन नसक्नेका लागि पर्यटन र यातायात जस्ता ‘अन-ट्रेडेबल’ सेवामा भर्ना लिए । आफ्ना श्रमिक शक्तिलाई शिक्षा दिने रणनीतिले मुलुकलाई ठूलो लाभांश दिलायो । सन १९७० को दशकमा सिंगापुरले मुलतः टेक्साइल्स, गार्मेन्ट्स र इलेक्ट्रोनिक्सका सामाग्री निर्यात गरिरहेको थियो । १९९० सम्म उनीहरू बिस्कुट उत्पादन, लजिस्टिक, बायोटेक रिर्सच, फर्मास्युटिकल्स, एकिकृत र्सर्किट डिजाइन र एरोस्पेस इन्जिनियरिङमा व्यस्त थिए । विश्वीकरण, खुला बजार अर्थतन्त्र, गुणस्तरयुक्त शिक्षा र कठोर व्यवहारिक नीति सबै एकैसाथ अंगालेर सिंगापुर विश्व व्यापारको नेता बन्यो ।

लि क्वान यु सिंगापुरको जादुको जस तिनै डच अर्थविद डा. विनसेमिसलाई दिन्थे । सिंगापुरको आर्थिक नीति नै लेखेका विनसेमिस लामोसमय सम्म लिका आर्थिक सल्लाहकार समेत थिए । लिलाई उनको पहिलो सल्लाहै कम्युनिष्ट ट्रेड युनियनलाई नियन्त्रणमा लिनु भन्ने थियो, जुन मानियो पनि । विनसेमिसले पा“च चरणमा सिंगापुरको अर्थतन्त्रको विकास गर्ने योजना बनाएका थिए । पहिलो, गार्मेन्ट उत्पादन जस्ता आधारभुत उद्योगको सिर्जना । दोस्रो, बहुराष्ट्रिय कम्पनीलाई आकषिर्त गर्ने । तेस्रो इलोक्ट्रोनिक्स उत्पादनतर्फअघि बढ्ने । चौथो, विश्व आर्थिक केन्द्र बन्ने । र पाचौं, विश्व पारबहन केन्द्र बन्ने । उनी सल्लाहकारमा मात्र सिमित थिएनन् । विभिन्न चर्चित बहुराष्ट्रिय कम्पनिको व्यवस्थापनसँग उनी आफैंले भेटेर सिंगापुरमा उत्पादन उद्योग खोल्न मनाउँथे ।

आज सिंगापुर अत्याधुनिक समाज बनेको छ । यसको बन्दरगाह संसारकै व्यस्तमध्ये हो, यसले हङकङ र रोर्टेडमलाई उछिनिसकेको छ । पर्यटन उद्योग चम्किरहेको छ । वर्षो एक करोडभन्दा बढी पर्यटकले सिंगापुर घुम्छन् । यो नगर-राज्यस“ग सबथोक छः चिडियाखानदेखि नाइट सफारीसम्म ।

मुलुक सानो भएपनि सिंगापुर अमेरिकाको पन्ध्रौ ठूलो व्यापारिक साझेदार हो । यसले एसिया, दक्षिण अमेरिका र युरोपका विभिन्न मुलुकस“ग बलियो व्यापार सम्झौता गरेको छ । देशमा ३ हजारभन्दा बढी बहुराष्ट्रिय कम्पनीहरू सञ्चालित छन् । ४३३ वर्गमाइल जमिनको सानो मुलुकमा ३० लाख जनशक्ति छ । कुल ग्राहस्थ उत्पादन ३ खर्ब डलरभन्दा बढी छ । भ्रष्टाचार र अपराध दुबै न्युन छन् । कडा नियमले फरक नपर्नेका लागि यो नगरराज्य विश्वका बस्न लायक देशहरूमध्ये गनिन्छ ।

एउटा दलदलमा फसेको औपनिवेशिक टापुलाई लि क्वानले चलायमान आर्थिक शक्ति बनाए । र, लोकतन्त्रबिना पनि ‘विकास’ हुन सक्छ भन्ने नमिठो पाठ पढाए । स्वतन्त्रतालाई तिलाञ्जली दिएर उनले अपनाएको आर्थिक मोडल विवाद रहित रहेन तर प्रभावकारी भने पक्कै देखियो । एककिसिमको तानशाही व्यवस्था नै सही, सरकारमा रहने बाहेक उनले अन्य व्यक्तिगत लाभ हेरेनन् । लिले तीन दशक प्रधानमन्त्री रहेर शासन गरे । त्यस अवधीमा उनका सबै मन्त्री ‘मिनी लि’ जस्ता लाग्थे । उनीहरूको कुरा गर्ने शैली पनि लिकै जस्तो हुन्थ्यो । छोटो सिंगापुरे अंग्रेजीमा उनीहरू भन्थे, ‘यहा“ हामी जुन तरिकाले गछौंं…।’ विदेशी नेताका लागि पनि लि ‘रोल मोडल’ थिए । चिनका तत्कालिन नेता देङ सिआओ पेङले नया“ चीन बनाउन लिस“ग मद्दतै मागेका थिए । देङले सिंगापुरबाटै सिकेर संघाइलाई ‘पूर्वको म्यानहट्टन’ बनाएको भारतीय पत्रिका द हिन्दुमा सञ्जय बरुले लेखेका छन् ।

सिंगापुरको यत्रो विकासका बाबजुद कतिपय विश्लेषक भने आर्थिक उन्नतिको राम्रो मोडल हर्ेन अर्को एसियाली मुलुक दक्षिण कोरियालाई सिफारिस गर्छन्, जसले आर्थिक विकासलाई तिलाञ्जली नदिइकन पछिल्लो समय प्रजातन्त्रको राम्रो अभ्यास गरिरहेको छ ।

-कान्तिपुर