जोखिम मोलेरै भए पनि संविधान कार्यान्वयन गर्छु: प्रचण्ड

  • २१ फाल्गुन २०७३, शनिबार
  • 1589 पटक पढिएको

pr

काठमाडौं, २१ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू र आफ्नो पार्टी जहिले पनि जोखिम मोल्ने पार्टी भएको भन्दै यस पटक जनताका लागि भएपनि जोखिम मोलेर नै पनि सविधान कार्यान्वयन गर्ने बताएका छन् ।

काभ्रेको कामिडाडाँमा जिल्ला कार्यसमितिको आयोजनामा सहिद सप्ताह तथा जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले माओवादीलाई कुनै राजनैतिक दलले कमजोर नदेख्न समेत सबैलाई आग्रह गर्दै कमजोर देखे त्यसको परिणाम नराम्रो आउने दाबी गरे ।
प्रधानमन्त्री दाहालले आफूले सबै दलहरुलाई समेट्ने प्रयास गरिरहेको भन्दै गणतन्त्र समावेशी, समानुपाती मान्यतामा समावेशी गर्न सकियोस भन्दै आफू अब स्थानिय चुनाव गर्न नसके मंसिरमा प्रदेश र माघमा केन्द्रको चुनाव गर्न नसक्ने समेत बताए ।

उनले अहिलेको परिस्थिती भनेको सविधान संसोधन र स्थानिय चुनाव भएको भन्दै यसमा सहमति भन्दा पनि विफल गर्न लागेका छन् भन्दै यस्तो परिस्थितीको म प्रधानमन्त्री भएका बेलामा सबैले सहयोग गर्नुपर्ने बताए । उनले संविधान र चुनावको विषयलाई उदारहण दिंदै एउटा भाई हिङ भए भात खान्छु अर्को हिङ नभए पनि भात खान्छु भन्ने अभिब्यक्ति दिंदै यसो भनिरहनु एउटै हेडक्वाटरबाट सञ्चालित भएको बुुझिने बताए ।