तनहुँ सेवा समाज दोहा कतारले नया वर्ष २०१८ को उपलक्ष्यमा साँस्कृतिक कार्यक्रम आयोजना गर्ने

  • ११ पुष २०७४, मंगलवार
  • तिलु शर्मा पौडेल
  • 2492 पटक पढिएको

दोहा कतार । “सबल र समृद्ध जिल्ला निर्माणमा प्रवासीको योगदान , सहयोग र सदभाब सबैमा तनहुँ सेवा समाजको अभियान” भन्ने मूल नाराका साथ २००३ मा खाडी राष्ट्र कतारमा स्थापना भएको तनहुँ सेवा समाज दोहा कतारले अंग्रेजी नया वर्ष २०१८ को उपलक्ष्यमा शुभकामना आदान प्रदान सहित बृहत बनभोज तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । सस्थाले बर्षेनी गर्दै आएको कार्यक्रमलाइ निरन्तरता यो साल पनि निरन्तरता दिदै यहि आउदो जनवरी २६ शुक्रबारका दिन उक्त कार्यक्रम सम्पन्न हुन लागेको सस्थाका महासचिब पदम गिरीले जानकारी दिनु भयो ।

दोहा शहरदेखि केहि किलोमिटरको दुरीमा रहेको अल्दार क्लब उमसलाल अलिमा समपन्न हुने उक्त कार्यक्रममा करिब ७ सय भन्दा बडी तनहुँबासि तथा गैर तनहुनबासिको उपस्थिति हुने अनुमान गरिएको छ । उक्त कार्यक्रमलाई भब्य रुपमा सफल बनाउन पछिल्लो समयकी अति नै ब्यस्त मोडेल तथा डान्सर एलिना देउजा मुख्य आकर्षणका रुपमा नेपाल देखि पाल्नु हुने भएको छ । भने साथमा कतारमा रहदै आउनी भएकी रास्ट्रिय लोकदोहोरी गायिका देविका केसी तथा थुप्रै बहु प्रतिभाहरुले आफनो साँगितिक प्रस्तुतिद्धारा मनोरन्जन प्रदान गरिने पक्कापकी भएको छ ।

कार्यक्रमलाइ भब्य र सब्य रुपमा सफल बनाउन विभिन्न समिति र उपसमितिहरु सहित प्रचार प्रसार तथा तयारि कार्यलाई तिब्रता दिइएको छ । यस बृहत बनभोज तथा सास्कृतिक कार्यक्रम समाजका सल्लाहाकार श्री भरत बगालेको संयोजकत्वमा समपन्न हुनेछ भने कलाकार संयोजकको रुपमा समाजका सास्कृतिक बिभाग संयोजक कृष्ण कुमार श्रेष्ठ रहनु भएको छ ।

३५ कतारी रियाल मात्र टिकट डर कायम गरिएको यस कार्यक्रममा सस्थाले बिगत केही समय देखि चलाउदै आएको ”न्यानो कार्यक्रम“ अन्तर्गत बृदाआश्रमको सहयोगार्थ स्वरूप संचालित भाग्यशाली चिट्ठाको नतिजा पनि प्रकाशन गरिने कार्यक्रम सयोजक बगालेले जानकारी दिनु भयो । बिसेष गरि दोहामा हप्तै पिच्छे हुने बाक्ला कार्यक्रमका कारण एक अर्कोमा पर्ने असहजतालाई मध्यनजर गर्दै उक्त दिन कार्यक्रम नजुधाई सहकार्य गरि कार्यक्रमलाइ सफल बनाइदिन हुन् कलाकार सयोजक श्रेष्ठले हार्दिक अनुरोध समेत गर्नु भएको छ ।

तिलु शर्मा पौडेल