ख्रीष्टमस डे बेनिमा धुमधामसँग मनाइयो

  • १० पुष २०७४, सोमबार
  • 1937 पटक पढिएको

रन्जना श्रेष्ठ
म्याग्दी, १० पुस । ईसाइ धमालम्बीहरुको महान चाड ख्रिष्टमस डे को अवसरमा बेनिमा विविध कार्यक्रम गरि मनाइएको छ। ख्रिष्टमस डेको अवसरमा ईसाइ धर्मालम्बीहरुले ७० बर्ष पुगेका वृद्धावृद्धलाई कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सभाका सदस्य नरदेवि पुनबाट सम्मान तथा उपहार हस्तान्तरण गरिएको थियो। बालबालिको शिक्षामा प्रोत्साहन मिलोस् भन्नकोलागि उनिहरुलाई विशिष्ट अतिथि बेनि नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठद्धारा उपहार प्रदान गरिएको थियो।

ईसाइ धर्मालम्वी बाट स्नाकोत्तर पुरा गरेकालाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य भुपेन्द्र बहादुर थापाले हस्तान्तरण गर्नु भएको थियो। बेनि नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले आफनो मन्तव्यमा ख्रिष्टमस डे को शुभकामनाका साथै नेपाल एउटा धार्मिक सहिष्णुताको विशेषता बोकेको राष्ट्र हो ,नेपालको संविधानले पनि धर्मनिरपेक्षलाई मान्यता दिएको छ, कुनै पनि नेपालिलाई विभेदपूर्ण व्यवहार नगरेको र अधिकार भन्दा कोहि माथि पनि नरहेको तलपनि नरहेको सबै समान रहेको बताउनु भयो ।

मन्तव्यकै क्रममा प्रदेश सभाका सदस्य बिनोद के.सि.ले बोलेर होइन व्यवहारमा उतार्नुपर्ने भन्दै व्यक्तिले इच्छा अनुसार र स्वतन्त्र रुपमा धर्म मान्न पाउने उल्लेख गर्दै धर्मको नाममा विकृति विसंगति भित्रयाउने लाई कानुनी कारवाहि गर्ने बताउनु भयो। ,सवैलाई जोड्ने किसिम को निति नियम बनाउने कुरामा आफनो प्रतिबद्धता जनाउदै प्रदेश सभाका सभासद नरदेवि पुनले ईसाइ धर्मालम्वीलाई शुभकामना दिनु भएको थियो। विभिन्न साँस्कृतिक कार्यक्रमहरु गर्दै कार्यक्रम हर्ष उल्लासका साथ ख्रिम डे मनाइएको थियो।
तस्बिर : सुरज केसीको फेसबुकबाट