म्याग्दी ट्याक्सी ब्यवसायी समितिबाट नवनिर्वाचित सांसद केसीलाई सम्मान

  • १० पुष २०७४, सोमबार
  • 1815 पटक पढिएको

म्याग्दी, १० पुस । म्याग्दी क्षेत्र नम्बर क बाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद विनोद केसीलाई म्याग्दी ट्याक्सी ब्यवसायी समितिले सोमबार सम्मान गरेको छ । म्याग्दी ट्याक्सी ब्यवसायि समितिका सस्थापक अध्यक्ष एवम् संस्थाका संरक्षक रहेका केसी प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि समितिले बधाई तथा सम्मान कार्यक्रम आयोजना गरि फूलमालाले सम्मान गरेका थिए ।


सो कार्यक्रममा बौल्दै सांसद केसीले प्रदेश ४ को मूख्य आम्दानी पर्यटन भएको बताउँदै यसको फाईदा यातायात क्षेत्रले लिन सक्ने वातावरण सिर्जना भएको हुदाँ ट्याक्सी ब्यवसायलाई मर्यादित र ब्यवस्थित बनाएर रोजगारिको वातारण सिर्जना गर्न आग्रह गरेका थिए । यातायात क्षेत्रमा भएको भष्ट्रचार, सिन्डिकेटले ट्याक्सी ब्यवसायमा परेको असरलाई समाधान गर्न आफ्नो कार्यकालमा महत्वपुर्ण भूमिका सम्बन्धित क्षेत्रमा राख्ने बताए ।

समितिका अध्यक्ष दलबहादुर पुनको अध्यक्षता सह–कोषाध्यक्ष नरेन्द्र केसीको स्वागत मन्तव्य र महासचिव भोजबहादुर थापाको संचालनमा भएको कार्यक्रममा सदस्य राजु पाण्डेले शुभकामना मन्तव्य राखेका थिए । सो कार्यक्रमममा सांसद केसीलाई समितिका अध्यक्ष दलबहादुर पुन लगायको कार्यसमितिले सम्मान गरेका थिए ।