मृगौला पिडित धन बहादुरलाई गाउँलेको मायाँ,२२ हजार ३ सय २० सहयोग

  • १० पुष २०७४, सोमबार
  • 1685 पटक पढिएको

म्याग्दी, ०९ पुस । दुबै मृगौला खराब भई मृगौला प्रत्यारोपणको दिन कुर्दै र सहयोगको याचना गर्दै अस्पतालको शैयामा रहेका म्याग्दी धवलागिरी गाउपालिका -५ भेडिखल्टाका ३१ वर्षीय धन बहादुर बुढाथोकी मगर लाइ गाउले द्वारा संकलन गरिएको २२ हजार ३ सय २० रुपैया हस्तान्तरण भएको छ। स्थानिय महिला जन प्रतिनिधि पार्वती पुर्जा र पुर्जाका छोरा तथा न्यु बराह युवा युवा क्लबका युवा अगुवा लोकेन पुर्जा द्वारा संकलित उक्त रकम लोकेनले बिरामीको कोठामा पुगेर हस्तान्तरण गरेका हुन् ।

गाउमा पहिलो पटक यस्तो अत्यन्तै गम्बीर प्रकारको रोग लाग्यो एक पारिवारिक जिम्मेवारीमा रहेको युवा मृत्यु संग लडिरहेको पिडादायिक खबरले गाउमा चिन्ता बढाएको छ। गाउले साथीभाई र छिमेकी सँग पहल गरेर संकलन गरेको रकम बिरामीलाई स्वास्थ्य लाभको कामना सहित हस्तान्तरण गरिएको हो पुर्जाले भने। रोजगारको शिल शिलामा साउदी अरब पुगेका बुढाथोकी दुबै मृगौलाले काम गर्न छोडेपछि गत श्रावणमा नेपाल फर्केका हुन् उनका परिवारमा २ छोरा र एक छोरी सहित श्रीमती र आमा बाबा छन ।

आर्थिक ब्यबस्था भैसकेपछि केहि महिना भित्र आमाको एउटा मृगौला प्रत्यारोपण हुने तैयारी भैरहेको छ। बुढाथोकीको जिबन बचाउनका लागि राष्ट्रिय मृगौला उपचार केन्द्र, धवलागिरी गाउपालिका वडा ५ को कार्यालय र नेपाल मगर संघ केन्द्रिय कार्यालयले समेत अपिल सहित सिफारिस गरेको छ। सबै कुराको चाजो मिलेमा सम्भवत दुई देखि तिन महिना भित्र बुढाथोकीको मृगौला प्रत्यारोपण हुने अस्पताल स्रोतले जनाएको छ। सहयोग तथा जानकारीका लागि बिरामी स्वयम् को मोबाइल नम्बर ९८०८३५६७५३ बिरामीका बुबा लिल बहादुर बुढाथोकी ९८०५१६४५९७ मा सम्पर्क गर्न र सिधै सहयोग गर्न सकिने बताइएको छ ।