प्रकोप व्यवस्थापन तालीम सम्पन्न

  • ९ पुष २०७४, आईतवार
  • 1771 पटक पढिएको

म्याग्दी, ९ पुस । जिल्ला भुसंरक्षण कार्यालय म्याग्दीको आयोजनामा आईतबार बेनीमा प्राकृतिक प्रकोप व्यवस्थापन तालीम सम्पन्न भएको छ ।

तिन दिनसम्म सञ्चालन भएको तालीममा २० जनाको सहभागिता रहेको थियो । तालीमको जिल्ला भुसंरक्षण अधिकृत दिवाकर पौडेल, सहायक प्रजिअ यादवनाथ आचार्य, सहायक वन अधिकृत चन्द्रमणी सापकोटा, प्रहरी निरिक्षक दिपक महतले सहजिकरण गर्नुभएको थियो ।

तालीममा सहभागीहरुले कम खर्चीलो भुसंरक्षण प्रबिधि मार्फत भुक्षय नियन्त्रण गर्न सकिने उपायको बारेमा अभ्यास गर्न बेनीको क्याम्पसचोक माथिको खोल्सामा संरचना समेत बनाएका छन् ।