बेनी–जोमसोम सडक अबरुद्धहुँदा पर्यटक र तिर्थयात्रीलाई सास्ती

  • २० फाल्गुन २०७३, शुक्रबार
  • कमल खत्री
  • 4303 पटक पढिएको

1

म्याग्दी, २० फागुन । मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडक खण्डको यातायात तिन दिनदेखि प्रभावित बनेको छ । म्याग्दीमा प्रस्ताबित रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटलाई तोक्नुपर्ने भन्दै आन्दोलित बनेका स्थानीयले बेनी–जोमसोम सडक खण्डको गलेश्वर देखि बेगखोला सम्मको खण्डमा अनिश्चिकालिन चक्काजाम गरेपछि यातायात प्रभावित बनेको हो ।

2

आन्दोलीत बनेका स्थानीयले नियमित रुपमा विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म उक्त खण्डमा यातायात अबरोध गर्दै आएका छन् । उनीहरुको चक्काजामले पयर्यटक, तिर्थयात्री र यात्रुहरु मारमा परेका छन् । ८५ प्रतिशत जनसंख्यालाई सास्ती दिने गरि आयोगले गाउँपालिकाको अस्थायी केन्द्र तोकेको हुँदा उक्त कदम नसच्याएसम्म आन्दोलन जारी रहने रघुगंगा गाउँपालिका नागरिक आन्दोलन सरोकार समितिका अगुवा बालकृष्ण सुवेदीले बताउनुभयो ।

3

यस अघि उक्त गाउँपालिकामा समाबेश पिप्ले, भगवती, बेगखोला, दग्नाम र चिमखोला गाविसका प्रतिनिधिहरुले विहिवार बेनीमा विशाल र्‍याली सहित दबाबमुलक आन्दोलन गरेका थिए भने जिल्ला निर्वाचन कार्यालय र जिविसमा समेत तालाबन्दि गरि गाउँपालिको केन्द्र मौवाफाँट तोक्न दबाब दिएका थिए ।

4

5

6

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l