(फलोअप) : आगोलागी पिडितलाई रघुगंगा गाउँपालीकाद्धारा राहत प्रदान

  • ९ पुष २०७४, आईतवार
  • सन्तोष गौतम
  • 1679 पटक पढिएको

बेनी ९ पुष । म्याग्दीको रघुगंगा गाउँपालीकाले वडा न. १ तिप्ल्याङका आगोलागी पिडितलाई आईतबार राहत सहयोग गरेको छ । गाउँपालीकाको विपद् व्यवस्थापन कोषबाट प्रतिघर दश हजार रुपैयाका दरले राहत प्रदान गरिएको हो । शनिबार दिउँसो आगोलागी हुदा तिप्ल्याङका बेगबहादुर पुर्जा र राजकुमारी तिलीजाको घर ध्वस्त भएको थियो । 

गाउँपालीकाका अध्यक्ष भवबहादुर भण्डारी सहितको टोलीले आगोलागी पिडितका घरमै पुगेर दशदश हजार रुपैयाका दरले आपतकालीन राहत रकम प्रदान गर्नुभएको लेखापाल त्रिबिक्रम शर्माले जानकारी दिनुभयो । गाउँपालीका अध्यक्ष भण्डारीले व्यक्तिगत रुपमा प्रतिपरिवार पाँच, पाँच हजार रुपैया नगद र एक, एक थान फाईबर सिरक सहयोग गर्नुभएको छ । यसैगरी बेनपा ८ का वडा सदस्य हिमबहादुर भण्डारीले व्यक्तिगत रुपमा नगद दुई, दुई हजार र एक, एक थान सिरानी सहयोग गर्नुभउको छ ।

वडा अध्यक्ष बिलबहादुर फगामी, सदस्य बलमान गौचन, तिलक तिलीजा र गाउँपालीकाका नायव सुब्बा दयाराम पौडेलको टोलीले राहत हस्तान्तरण गर्नुभएको थियो ।  यसैगरी आगोलागी पिडितको सहयोगका लागि प्रदेशसभा सदस्य बिनोद केसी र जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले आव्हान गर्नुभएको छ । जिसस प्रमुख केसीले आईतबार बिहान पिडितलाई भेटेर सान्तवना प्रदान गर्नुभएको थियो ।

(साँझ ६ः १० बजे अध्याबधिक गरिएको ।)

सन्तोष गौतम