ठाडाखानी गाउँ चिनाउने गितहरुको म्युजिक भिडियो छायांकन

  • ८ पुष २०७४, शनिबार
  • 3558 पटक पढिएको

म्याग्दी, ८ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडखानी गाउँलाई समेटीएका गितहरुको म्यजिकि भिडियो छायांकन गरिएको छ । ठाडखानीको कला, संस्कृति र सम्भावनाहरुलाई उजागर गर्न बनाईएका आउनुहै ठाडाखानी र छन्त्याल गित संगै सालैजो भाकाको एक वटा गरि तीन वटा गितहरुको एकैसाथ म्युजिक भिडियो तयार गर्न लागिएको हो ।

मायाँ तिलिजा र रोशन छन्त्यालको स्वर, प्रवेश छन्त्यालको शब्द र प्रविण छन्त्यालको लयमा तयार गरिएको सालैजो, प्रविण छन्त्यालकै लय तथा शब्द तथा अर्जुन सुनाम र विन्दु परियारको स्वरमा रहेका दर्शन गर्न आउ ठाडाखानीमा, र प्रविण छन्त्यालको लय, प्रवेश छन्त्यालको शब्द र देवि घर्ति, डेक छन्त्याल, रोशन छन्त्यालको स्वरमा रहेको छन्त्याल भाषाको खेउमा खाने है बोलका गितहरुको म्युजिक भिडियो छायांकलन सकिएको छ ।

ठाडखानी र म्याग्दीको उत्कृष्ट धार्मिक स्थल मालिका धुरीमा गरिएको म्युजिक भिडियोमा निर्देशन तथा छायाङ्कन भुपेन बानियाँले गरेका छन् ।

क्रियटिभ मिडिया प्रोडक्सनले बजार व्यवस्थापन गर्ने सो म्युजिक भिडियोमा दिपीना छन्त्याल र सन्तोष छन्त्यालले प्रमुख कलाकारहको रुपमा नृत्य गरेका छन् भने स्थानीय कलाकारहरुले समेत सो म्युजिक भिडियोमा नृत्य गरेका छन् ।

विशाल गोतामे र अनुप बानियाँले सह–छायांकनको भुमिकामा रहेको सो म्युजिक भिडियोको छायांकनमा राजकुमार परियारले कोरियोग्राफर र सुस्मिता श्रेष्ठले मेकअपमा भुमिका खेलका छन् ।

तीन वटै गितको म्युजिक भिडियोको लागि छायांकनको काम सकिएकाले निकट भविश्यमा नै भिडियोलाई बजारमा ल्याउने निर्देशक बानियाँले बताए ।