बेनीमा प्रथम धौलागिरी साँस्कृतिक महोत्सव हुँदै

  • २० फाल्गुन २०७३, शुक्रबार
  • कमल खत्री
  • 4055 पटक पढिएको

17105660_1329606057103144_1281579944_n

म्याग्दी, २० फागुन । म्याग्दी सदरमुकाम बेनीमा प्रथम धौलागिरी साँस्कृतिक महोत्सव–२०७३ आयोजना हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान धौलागिरी अञ्चल समितिको आयोजनामा आगामी चैत्र १० गतेदेखि २० गतेसम्म उक्त महोत्सव आयोजना हुन लागेको हो ।

प्रष्ठिानले शुक्रवार बेनीमा पत्रकार सम्मेलन गरि लोक संस्कृतिको संरक्षण गर्दै कलाकारीताको विकासका लागि महोत्सव आयोजना गरिएको जानकारी गराएको छ । कार्यक्रममा प्रष्ठिानका धौलागिरी अध्यक्ष राजेन्द्र सापकोटाले मोफसलमा पहिलो पटक आयोजना गर्न लागिएको साँस्कृतिक महोत्सवलाइ सफल बनाउन सबैपक्षबाट सक्दो सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

17093874_1329606023769814_1900132857_n

राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको साँगेतिक प्रस्तुती रहने महोत्सवबाट भएको आम्दानीबाट कलाकारहरुको लागि कल्याणकारी कोष स्थापना गरिने जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिष्ठानका केन्द्रिय उपमहासचिब चोलेन्द्र पौडेलले दश दिनसम्म स्थानीय स्तरमा साँस्कृतिक महोत्सव आयोजना गर्नु सबल पक्ष भएको भन्दै यसलाई अबसर र चुनौतीको रुपमा लिएर सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला स्थित क्रियाशिल राजनितीक दलको तर्फबाट नेपाली काँग्रेसका गमान छन्त्याल, नेकपा एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीका गमबहादुर श्रीस, राप्रपाका एगेन्द्रमान शेरचन, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्मा लगायतले महोत्सवलाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै पूर्वतयारीलाई तिब्रता दिन आग्रह गर्नुभएको थियो ।

बेनीमा प्रतिष्ठानको आयोजनमा पहिलो पटक हुन लागेको अञ्चल स्तरीय साँस्कृतिक महोत्सवमा खुला लोकगित प्रतियोगिता, सालैजो नृत्य प्रतियोगिता, मौलिक झाँकी पदर्शन, भजन प्रतियोगिताको साथै राष्ट्रिय तथा स्थानीय चर्चित कलाकारहरुको साँस्कृतिक प्रस्तुतीहरु रहनेछन् ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l