क्लासिकोमा रोनाल्डो भर्सेस मेस्सी

  • ७ पुष २०७४, शुक्रबार
  • 1719 पटक पढिएको

दुई स्पेनिस क्लब रियल म्याड्रिड र बार्सिलोना भिड्ने एल क्लासिको विश्वमै सबैभन्दा बहुप्रतिक्षित फुटबल डर्बीमा पर्दछ ।

स्पेनमा यो मात्र फुटबल खेल होइन, यो दुई संस्कृतिको टक्कर, दुई सिद्धान्तको भीडन्त र विश्वका दुई उत्कृष्ट खेलाडीको टक्कर पनि हो ।

क्रिस्टियानो रोनाल्डो भर्सेस लियोनेल यसको मेस्सी मुख्य आकर्षण हो जहाँ विश्वभरका फुटबल फ्यान दुईमध्ये को उत्कृष्ट ठहरिन्छन् भनेर हर्न आतुर हुन्छन् ।

दुई खेलाडीले शनिबार फेरि अर्को भीडन्तको तयारी गरिरहँदा हालसम्म एलक्लासिको दुईबीच को सफल रहे भन्ने तथ्यांक यहाँ केलाउन खोजिएको छ ।

कसले धेरै क्लासिको जितेको छ ?

क्लासिकोमा सफलताको कुरा गर्दा मेस्सीले रोनाल्डोभन्दा धेरै खेल जितेका छन् । सबै प्रतियोगितामा भएका क्लासिकोलाई हेर्दा मेस्सीले हालसम्म १६ वटा खेल जितेका छन् ।

अर्जेन्टिनी खेलाडीले रियलविरुद्ध खेलिएका ३६ खेलमा ८ पटक बराबरी गरेका छन् भने १२ पटक हारको स्वाद चाखेका छन् । उनले जितेका १६ मध्ये १२ खेल ला लिगामा जितेका हुन् । च्याम्पियन्स लिगमा मेस्सीले हालसम्म रियलसँग हारेका छैनन् । त्यहाँ उनले खेलेका खेलमा एकमा जीत र एकमा बराबरी गरेका छन् ।

यता, रोनाल्डोले मेस्सीभन्दा कम खेल जिते पनि उनले निकै कम खेलेका छन् । सन् २००९ मा रियल म्याड्रिड आएका ३२ वर्षीय रोनाल्डोले २८ क्लासिको खेलमा ८ मा जित हासिल गर्नका साथै १३ मा हार र ६ मा बराबरी गरेका छन् ।

यद्यपि, मेस्सीले ८ वटा खेल धेरै खेलेपनि रोनाल्डोको जीतको प्रतिशत २८.५ प्रतिशत रहेको छ जबकी मेस्सीका ४४.४ प्रतिशत रहेको छ ।

कसले धेरै गोल गरेको छ ?

क्लासिकोमा गोल गर्ने मामिलामा पनि रोनाल्डोभन्दा मेस्सी नै अघि रहेका छन् ।

३६ खेलमा उनले २४ गोल गरेका छन् । यसमध्ये पनि धेरै गोल उनले ला लिगामा गरेका छन् । २२ खेलमा उनले १६ गोल गरेका छन् । बाँकी ६ सुपरकोपा र २ च्याम्पियन्स लिगमा गरेका छन् । मेस्सीले रियलविरुद्ध गोल नगरेको प्रतियोगिता भनेको कोपा डेल रे हो । त्यहाँ उनले रियलविरुद्ध खेलिएका ६ खेलमा कुनै गोल गर्न सकेका छैनन् ।

यता, ८ खेल कम खेलेका रोनाल्डोले १७ गोल गरेका छन् । मेस्सीको गोल टु गेम रेसियो रोनाल्डोभन्दा केही राम्रो (०.६६ देखि ०.६) रहेको छ ।
कसले धेरै गोलको अवसर सृजना गरेका छन्

यस मामिलामा एकपटक फेरि रोनाल्डोलाई पछि पारेका छन् । आफूले २४ गोल गर्नबाहेक ३० वर्षीय खेलाडीले आफ्ना ३६ एलक्लासिकोमा १३ वटा गोलको लागि सहयोग गरेका छन् । गोलको अवसर उनले ६५ पटक सृजना गरेका छन् ।

उता, रोनाल्डोले २८ खेलमा आफ्ना समकक्षीलाई मात्र १ गोलका लागि सहयोग गरेका छन् भने मात्र १४ वटा अवसर सृजना गरेका छन् ।

समग्रमा मेस्सी भर्सेस रोनाल्डो

गत वर्ष ट्रफी र व्यक्तिगत अवार्डको मामिलामा पछि परे पनि मेस्सी अझै पनि क्लासिकोका राजा नै हुन् ।

अर्जेन्टिनी खेलाडीले रोनाल्डोभन्दा धेरै गोल गर्नका साथै आफ्ना समकक्षीलाई धेरै गोलको अवसर सृजना गरेका छन् र धेरै खेल जितेका छन् ।
मेस्सीको गोल टु गेम रेसियो पनि रोनाल्डोको भन्दा राम्रो छ र तथ्यांकले बार्साको जीतमा रोनाल्डोले रियलका लागि गर्ने योगदानको तुलनामा बढी नै संलग्न हुन्छन् ।

source; ratopati.com