पर्यटन प्रबद्र्धनका लागि म्याग्दी भ्रमण वर्ष २०७५

  • ७ पुष २०७४, शुक्रबार
  • 745 पटक पढिएको

  सन्दीप खत्री

दुई नदीको किनारमा सुन्दर नगरी । गुचुमुच्च परेको बेनीबजार । त्यही बजारको शिरमा रहेको लभ्ली हिलबाट सिरसिर बहने हावाको झोक्कासँगै कालीगण्डकी नदी र म्याग्दी खोलाको दोभान रहेको बेनीबजारलाई नियाल्दाको मज्जा बैग्लै छ । धुवाँ, धुलो, ट्याट्या र टिटि सवारीको आवाज होईन शान्त र स्वच्छ हावाको झोक्काले स्पर्श गर्दा आनन्द अझ फरक हुन्छ । तर विडम्बना यो अनुभूति गर्ने मौकाले धेरैले पाएका छैनन् । यो बेनीबजारको सानो परिदृष्य मात्र हो । म्याग्दी जिल्लामा यस्ता सयौ स्थानहरु छन् । जुन स्थलहरु पर्यटकको पर्खाइमा छन् ।  मुक्तिनाथ प्रवेशद्वारको उपमा पाएको बेनीबजार हुँदै हजारौ पर्यटक मुस्ताङ छिर्ने गर्छन । तर बेनी क्षेत्रको प्राकृतिक, साँस्कृतिक र धार्मिक क्षेत्रको अवलोकन गर्ने पर्यटक न्यून मात्रामा होलान् । अझ भनौ उनीहरुलाई बास्तविक बेनी क्षेत्रको बारेमा जानकारी नै छैन् । त्यसैले म्याग्दीको पर्यटन प्रबद्र्धनको लागि म्याग्दी भ्रमण वर्ष २०७५ मनाउने तयारी भएको छ । झन्डै एक वर्ष अगाडिको योजना भएपनि म्याग्दी उद्योग वाणिज्य संघको पहलमा जिल्लामा प्रचारमा आउन नसकेका र प्रचारमा आएपनि पर्यटक पुग्न नसकेका स्थानहरुको उजागर गर्नका लागि भ्रमण वर्ष २०७५ मनाउन लागिएको छ ।

म्याग्दी पर्यटकीय दृष्टिकोणले प्रशस्त सम्भावना भएको जिल्ला हो । जिल्लामा भएको सम्भावनाको न्यून प्रतिशत पनि उपयोग हुन सकेको छैन् । केही स्थानहरु प्रचार प्रसारको अभावमा छन् भने केही स्थानहरु आवश्यक भौतिक पूर्वाधार नहुँदा ओझेलमा छन् । अहिले जतिपनि स्थानहरुमा पर्यटकहरु आईरहेका छन् कि त भने पुरै समुदायको पहलमा पर्यटकीय क्षेत्रको रुपमा विकास भएका छन् कि त भने पर्यटकहरुकै जर्वजस्त उपस्थितिमा । यीनै स्थानहरुको पहिचान, संरक्षण र प्रवद्र्धनका लागि म्याग्दी भ्रमण वर्ष–२०७५ ले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

म्याग्दी जिल्ला अर्थात बेनी क्षेत्रको बर्तमान परिचय मुक्तिनाथको प्रवेशद्वारको रुपमा सिमित छ । बेनी मुक्तिनाथको प्रवेशद्वार मात्रै होईन पवित्र आध्यात्मिक गन्तव्य हो भनेर चिनाउनका लागि पनि म्याग्दी भ्रमण वर्षले सहयोग गर्नेछ । मुक्तिनाथ मन्दिरको प्रवेशद्वार, घोडेपानी पुनहील, रुप्से झरना र अन्ध गल्छीले मात्र म्याग्दी जिल्लाको पहिचान अपुरो हुन्छ । त्यसैले म्याग्दी जिल्लाको वास्तविक पहिचान दिलाउनका लागि म्याग्दी भ्रमण वर्ष मनाउनु पर्छ पत्रकार अमृत भादगाउँले, म्याग्दी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेश शाक्यको विशेष पहलमा एक वर्ष अगाडिबाट यो बहस सुरु भएको थियो । अन्ततः म्याग्दी उद्योग वाणिज्य संघले पहलकदमी लिएर यो योजना पुरा हूुँदैछ । हामीसँग भएका प्राकृतिक सौन्दर्यता, धार्मिक स्थलहरुल पर्यटकको नजरमा पु¥याउनु भ्रमण वर्षको मूख्य उद्देश्य हो । बेनी हुँदै मुस्ताङ जाने हजारौ पर्यटक मध्ये सयौ पर्यटकलाई मात्र रोक्न सकियो भने पनि म्याग्दीको पर्यटनले कोल्टो फेर्न सक्छ । म्याग्दी भ्रमण वर्ष २०७५ को प्रमुख उद्देश्य पनि यही हो । यही बाटो हुँदै हजारौ पर्यटक जान्छन् तर नगन्य मात्रामा उनीहरुले यस क्षेत्रको भ्रमण गर्छन् । अझ भनौ बेनी बजार एउटा ट्रान्जिट मात्रै बनेको छ ।

पर्यटकहरुलाई म्याग्दीमा १,२ दिन घुमाउनका लागि प्रशस्त सम्पादाहरु छन् । नत उनीहरुलाई रोक्न सकिएको छ । नत यही क्षेत्रको लागि गन्तव्य बनाएर आन्तरीक वा बाह्य पर्यटक भित्राउन सकिएको छ । अब तीनीहरुको पहिचान, प्रचार प्रसार गरि पर्यटकहरुलाई देखाउने समय आएको छ । म्याग्दी इतिहास, संस्कृति, धार्मिक र प्रकृतिको संगम स्थल हो भन्न अत्युक्ति हुँदैन् । पर्यटकलाई देखाउनका लागि बजार वरीपरि केभहिल, लभ्लीहील, पर्वत राज्यको राजधानी ढोल्ठान, कोट भण्डार, महारानी थान, गलेश्वर, जगन्नाथ, टोड्के धुरी, बौद्ध स्तुपा, बेनी शिवालय, भगवति मन्दिर, पुलत्स्य पुलहाश्रम, तातोपानी कुण्ड लगायतका सम्पदाहरु छन् । त्यतिमात्र होइन धौलागिरी, अन्नपूर्ण चक्रिय पदमार्ग, अन्नपूर्ण धौलागिरी सामुदायीक पदमार्ग, गुरिल्ला पदमार्ग, धौलागिरी आईसफल, धौलागिरी सेञ्चुरी पदमार्ग, पश्चिम धौलागिरी, अन्नपूर्ण आधार शिवीर, तातोपानी कुण्ड, घोडेपानी, खोप्रा, मोहोरडाँडा, ताकम कोट, टोड्के, रुईसे, संसारकै गहिरो अन्ध गल्छी, भाले वास्ने ताल लगायत पर्यटकीय स्थल रहेका छन् ।

पर्यटकलाई बेनी क्षेत्रमा रोक्नका लागि हामीसँग भएको सबै महत्वपूर्ण कुरा हो, रावणको जन्म । पुलाश्रम क्षेत्रमा लंकाका राजा रावणको जन्म भएको थियो । त्यो ठाउँमा रामायण पार्क बनाउने अभियान सुरु भएको छ । यदी रावण पार्क बनाउन सकियो भने पर्यटकको ओइरो लाग्ने कुरामा दुईमत छैन् । पर्यटकीय क्षेत्र मात्र होइन म्याग्दीमा विभिन्न जातजातीका भेषभुषा, नृत्य समेत म्याग्दी भ्रमण वर्ष २०७५ का आकर्षण हुन । जस्तोः म्याग्दीमा उत्पत्ति भएको थालि नाच, मगर समुदायको पुख्र्यौली नृत्य, छन्त्याल समुदायको पुख्र्यौली, नेवार समुदायको हनुमान नाच, जोगी नाच लगायतका नाचहरु, म्याग्दीबाट उत्पत्ति भएको थाली नाच, लाखे नाच समेत देखाउन सकिनेछ । क्षत्री समुदाय, नेवार, मगर, छन्त्याल लगायतका जातजातिका भेषभुषाहरु समेत आकर्षण बन्नेछन् । पर्वत राज्य वि.स. १४९३ देखि १८३४ सम्म अर्थात ३५० वर्ष अस्तित्वमा रहेको मान्यता छ । चौविसे राज्यकालमा पर्वत राज्यको शीतकालिन राजधानी बजार र गृष्मकालिश राजधानी ढोलठान थियो ।

त्यसबेलाको कोट भण्डार बेनीबजारमा समेत देख्न सकिन्छ भने ढोलठानमा भग्नावशेषको रुपमा रहेको छ । यी ऐतिहाँसिक स्थलहरु अनुसन्धानकर्ताका लागि, गलेश्वर, महारानी थान, पुलत्स्य पुलहाश्रम लगायतका धार्मिक स्थलहरु धार्मिक पर्यटकका लागि, लभ्लीहिल, केभहिल, टोड्के धुरी लगायतका प्राकृतिक सौन्दर्यताले भरिपूर्ण स्थानहरु घुम्न, मनोरञ्जन लिन चाहने पर्यटकको मूख्य रोजाइमा पर्नेछन् ।  बेनीबजारमा पछिल्लो समयमा भएका गुणस्तरिय होटलहरुको स्थापनाले पर्यटकहरुलाई बसाइका लागि सहज हुनेछ । एक रात र एक छाक खाना खुवाएर पयर्टकलाई मुस्ताङ पठाईरहेका बेनीबजारका होटलमा कम्तिमा २ रात मात्र पर्यटक बसे भने जिल्लाको आर्थिक उपार्जनमा थप टेवा पुग्छ ।

पछिल्लोमा समयमा सु–व्यवस्थित होटलहरुको स्थापनाले पर्यटकहरुलाई वस्न खानका लागि समस्या हुनेछैन् ।  यतिमात्रै होईन म्याग्दीबाट हामीले टिम्मुर, सिस्नोको धुलो, मुला, धजरा, गुन्द्रुक, मह, भाँगो, अल्लोबाट बनेका कपडा, अगरबत्ती, राडिपाखी लगायतका सामाग्रीलाई बेच्न सक्छौ । जुन पर्यटकका कोसेली बन्नेछन् ।  हामीले जिल्लाको पर्यटन विकासका बारेमा धेरै कुरा ग¥यौ, गुरु योजना बनायौ । अब ति सबै कुराहरुलाई कार्यान्वयन गर्ने बेला आएको छ । जिल्लावासी हुनुको नाताले हामी सबैले आफ्नो ठाउँबाट हुन सक्ने सहयोगका लागि कुनै पनि कसर बाँकी राख्नु हुँदैन् । देश तथा विदेशमा रहनु भएका सम्पूर्ण म्याग्देलीहरुले अब जिल्लाको पर्यटन विकासमा एक पटक ध्यान दिने बेला आएको छ । म्याग्दी भ्रमण वर्ष २०७५ लाइ सफल पार्नका लागि आ आफ्नो ठाउँबाट प्रचार प्रसारमा जुटौं ।