मोना युएईद्धारा खेलाडी विकलाई सम्मान तथा विदाई

  • ६ पुष २०७४, बिहीबार
  • 1939 पटक पढिएको

युएई, ६ पुस ।म्याग्दी प्रवासी नेपाली संघ (मोना )युएईले संस्थाका खेलाडी पक बहादुर बि.क. लाई सम्मान तथा विदाई गरेको छ । वैदेशिक रोजगारिबाट स्वदेश फर्किन लाग्नु भएका बि.क. लाई संस्थाले एक कार्यक्रम आयोजना गरि सम्मान सहित विदाई गरेको हो ।


कार्यक्रममा मोना युएईका अध्यक्ष प्रकाश कार्कीले बि.क. लाई मायाँको चिनो सहित प्रसंसापत्रद्धारा सम्मान गर्दै उहाँको स्वदेश तर्फको यात्रा सुखद रहोस भन्दै मन्तव्य राख्नुभएको थियो । उहाँले संस्थाको स्थापनाकाल देखि नै सक्रिय रुपमा संस्थाको स्थापना कालदेखिनै सक्रिय रुपमा सस्थागत बिकास र खेलकुद बिकासमा महत्वपूर्ण भुमिका खेल्नु भएको बताउँदै बिकले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको समेत प्रसंसा गर्नुभयो ।
कार्यक्रममा भिम कुमार रानाले स्वागत र सुवास राम्जालीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो भने दिर्ग जुग्जाली, मीन बहादुर भण्डारी लगायतका अतिथिहरुको समेत कार्यक्रममा उपस्थिति रहेको थियो ।