वीरगन्जको ग्यास उद्योगमा भिषण आगलागी

  • ५ पुष २०७४, बुधबार
  • 1717 पटक पढिएको

काठमाडौं, २८ पुस । वीरगन्ज महानगरपालिका–२२ मा पर्ने सुखसैनामा रहेको सुपर ग्यास उद्योगमा बिहान करिब ६ बजे लागेको भीषण आगो निभाउने क्रममा घाइते भएका दमकल चालक अरुणकुमार महतो र अग्निनियन्त्रक सञ्जीवकुमार नेपाललाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ ।

घाइते मध्ये महताेको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने नेपाललाई चिकित्सकले थप उपचारका लागि किर्तिपुर अस्पताल रिफर गरेकाे छ।

आगलागीको खबर प्राप्त भएसँगै आगो नियन्त्रणमा लिन पुगेको वीरगन्ज महानगरपालिकाको एउटा दमकल नै झल्दा दुईजना घाइते भएका थिए भने दुईजना सम्पर्कविहीन छन् । आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

आगलागी नियन्त्रण गर्नका लागि वीरगन्जमा रहेको भारतीय महावाणीज्य दूतावासको कार्यालयको समन्वयमा भारतको रक्सौलस्थित भारतीय आयल कर्पोरेसन (आइओसी)को डिपोबाट पेट्रोलियम पदार्थमा लागेको आगो निभाउने उपकरण तथा केमिकलहरु ल्याइँदै छ । यस्तै बाराको सिमरामा रहेको विमानस्थलबाट पनि वरुणयन्त्र मगाएको छ ।

जनधनको क्षति हुन नदिनका लागि प्रहरीले माइकिङ गरेर वरिपरीको बस्तीलाई खाली गराएको छ ।

-कान्तिपुर