एनआरएन यूकेको १ सय दिनमा,विशेष कार्यक्रम सहित कार्यालयको उद्घाटन

  • ३ पुष २०७४, सोमबार
  • शिब भण्डारी
  • 1623 पटक पढिएको

लण्डन ।गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले आफ्नो कार्यकालको १००औ दिन पुरा गरेको अवसरमा आइतबार एक विशेष कार्यक्रम सम्पन्न गरेको गरेको छ । अल्डरसटमा आयोजित सो कार्यक्रममा एनआरएन यूकेको कार्यालयको समेत उद्घाटन गरिएको छ ।एनआरएन यूकेका अध्यक्ष तथा कार्यक्रमका सभापति योगकुमार फगामी र कार्यक्रमका प्रमुख अतिथी तथा आइसिसी उपाध्यक्ष कुल आचार्यले संयुक्त रुपमा कार्यालय उद्घाटन गरेका हुन्। 

त्यस अवसरमा बेलायतबाट हालै आइसिसीको सल्लाहकार, मानार्थ परिषदको सदस्य तथा कोअप आइसिसी सदस्यमा मनोनित हुनेहरुलाई सम्मान गरियो । त्यस्तै, एनआरएन यूकेको कोअप सदस्यमा मनोनित हुनेहरुलाई प्रमाणपत्र पनि वितरण गरियो । कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएन आइसिसी उपाध्यक्ष कुल आचार्य, सल्लाहकार सुरेन्द्र श्रेष्ठ, एनआरएन यूकेका पूर्व अध्यक्षद्धय सुर्य गुरुंग र मुछेत्र गुरुंग, आइसिसी सदस्य रामशरण सिंखडा लगायतले सातौं कार्यसमितिले १ सय दिन पूरा गरेकोमा बधाई दिदै बांकी कार्यकालका लागि शुभकामना दिए ।

अध्यक्ष फगामीले बेलायतबासी नेपालीहरुको ग्रास रुटसम्मै पुगेर संस्थालाई सबैको साझा बनाउने आफ्नो लक्ष्य दोहोर्याए । सो अवसरमा एनआरएन यूकेका प्रवक्ता रमेश सरांगकोटीले १ सय दिनको उपलक्ष्यमा प्रकाशित हुन लागेको विशेषांकको बारेमा प्रिजेन्टेसन प्रस्तुत गरेका थिए ।

उपाध्यक्ष प्रेम गाहा मगरले च्यारिटी विभागका भावी कार्यक्रम तथा उपाध्यक्ष ललित न्यौपानेले राज्य तथा क्षेत्र समन्वय विभागका कामहरुबारे कार्यक्रममा जानकारी गराए । त्यसअवसरमा एनआरएन यूकेका पूर्व उपाध्यक्ष राष्ट्र राईको संयोजकत्वमा तेक्वान्दो प्रतियोगितामा भाग लिन नेपाल जान लागेका खेलाडीहरुलाई खादा ओढाएर शुभकामना दिइएको थियो । एनआरएन यूकेका महासचिव आरके त्रिपाठीले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष पुनम गुरुंगले स्वागत मन्तव्य राखेकी थिइन् भने महासचिव बिनय अधिकारीले आफ्ना धारणा सहित हेल्थ एण्ड सेफ्टीको बारेमा अबगत गरेका थिए। साभार: www.londonnepalnews.com

शिब भण्डारी