म्याग्दीका कलाकार गर्वुजा र बुढाथोकिले भने “माया लाँउ भन, लाँउला नभन“ (भिडियो सहित )

  • ३ पुष २०७४, सोमबार
  • 2965 पटक पढिएको

म्याग्दी, ३ पुस । राष्ट्रिय रुपमै चर्चा कमाउन सफल म्याग्देली कलाकार गायक खड्ग गर्बुजा र गायीका लाली बुढाथोकीले ‘मायाँ लाँउ भन लाँउला नभन’ बोलको लोकदोहोरी गित बजारमा ल्याउनुभएको छ । गायक गर्वुजा र गायीका बुढाथोकीको स्वरमा रहेको सो गितको म्युजिक भिडियो सहित युट्युब मार्फत गितलाई बजारमा ल्याईएको हो । विहानी डिजिटल प्रा.लि. मार्फत बजारमा ल्याईएको सो गितमा मौलिकतालाई जोड दिँदै चोखो मायाँप्रेमलाई उठान गर्न खोजीएको छ ।

गायीका लाली बुढाथोकीको यस गीतमा बरिष्ट गायक खड्ग गर्बुजा र लाली बुढाथोकीको सुमधुर स्वर सुन्न सकिन्छ । खड्ग गर्बुजको लय तथा शब्द सृजनामा तयार गरिएको सो गितको म्युजिक भिडियोमा बिनोद श्रेष्ठ र दिलकुमारी राम्जाली गर्बुजाको मौलिक अभिनय रहेको छ । भिडियोलाई निर्देशन उमेश गुरुङले गरेका हुन् भने छायांकन मधुर बस्नेत , शम्भु चालिसेले र सम्पादन सुजन शाहीले गरेका छन् ।

भिडियो