कोरीयाको सपना र वास्तविक भोगाई

  • ३ पुष २०७४, सोमबार
  • एईडेन छन्त्याल
  • 515 पटक पढिएको

कोरियन ड्रामामा देखिने लोभलाग्दो दुनियाँ । कम लागतमै जान पाईने (सामान्य वर्गलाई पनि पैसा जुटाउन खासै समस्या नपर्ने) र सजिलै महिनाको १ लाख कमाई हुने कुरा सुनिसकेपछि मलाई कोरियाप्रतिको मोह एकाएक वढेर आउँछ । महिनाको लाख लाख कमाई हुन्छ भने जावो मासिक ४/५ हजारको जागिर के खान गर्नुप¥यो । त्यसपछि गरिरहेको काम पढिरहेको क्याम्पस सब विचमै छोडेर कोरियाको ठूलो सपना देख्दै कोरियन भाषा पढाउने ठाउँमा गएर भर्ना भई कोरियन भाषा पढ्न थालियो । मनमा पुरै कोरियाकै वारेमा कुराहरु खेल्न थालिसकेछ । लाख कमाईको सोँचले नेपालमा भएको डाक्टर ईन्जिनियर भन्दा पनि आफू महान भएको आभाष कल्पनामा हुन्छ । मैले मन पराएको फूलमायाँलाई बुलेट बाईकमा पछाडी राखेर बजारभरी घुमाएको सोँचिरहन्छु ।

अव त कोरिया गईन्छ महिनाको लाख कमाईन्छ । त्यपछि म पनि ईँट्टा जत्रो मोबाईल बोक्ने हुन्छु । बजारमा मेरो ठूलो घर हुन्छ । थुप्रै जग्गा–जमिन जोडिन्छ । एउटा प्राईभेट कार पनि किन्छु अनि राम्री केटीसँग विवाह गरेर सुखका साथ जीवन विताउँछु । यी माथीका कुराहरु कोरियन भाषा क्लासमा भर्ना हुने बेला नै मनमा पलाएका सपनाहरु हुन् । भाषा परिक्षाको फर्म भर्ने वेला लगभग ६० हजारले फर्म भरेको अनि जम्मा पास हुने ७ हजार जना मात्र । त्यो कुराले मनमा अलिकति गरम बनाईदियो । ६० हजारवाट टप ७ हजारमा पर्न सकिएला कि नसकिएला । होईन् मेरो नाम त ७ हजारको सबैभन्दा अन्तिममा निस्किदिए पनि हुन्छ तर निस्किदियोस् भन्ने साथीहरु पनि धेरै थिए । म पनि त्यहि सोँचीरहेको थियो । जसोतसो परिक्षा पास गरियो, र सम्पूर्ण प्रक्रिया पूरा गरेर कारिया प्रवेश पनि गरियो ।

त्यसपश्चातका दिनहरु मेलै मरो देशवाट सोँचेको कोरियाभन्दा साँच्चिकै अलग थियो E-9 भिषामा आएपछिको कोरिया । मैले कोरियन ड्रामामा देखेको र कल्पना गरेको कोरियाभन्दा सयौँ गुणा भिन्न थियो मैले अव भोग्ने वास्तविक कोरिया । पुरै जिरो लेभलवाट शुरु गर्नु थियो यहाँ । नयाँ ठाऊँ, नयाँ साथीभाई, यहाँ बोलिने भाषा अलग (नेपालमा हुँदा जत्तिनै भाषा जानेजस्तो लागेपनि कोरियनले गरेको उच्चारण केहि पनि नवुझिने) कहिल्यै स्वाद नचाखेको खल्लो र वान्ता आउला जसरी नाना थरी गन्ध आउने खाना । कम्पनीमा प्रवेश गर्नेवित्तिकै फलामको ड्याङ ड्याङ चर्को आवाज र श्वासनै रोकिएलाझैं केके हो केके केमिकलको गन्धले सपनाहरु विस्तारै कुहिरोभित्र हराएको कागसरी अलमलिएको अनुभूति हुुन्छ । तरपनि वाध्यता र विवशता अव मैले त्यहि ड्याङ ड्याङ चर्को आवाज प्रत्येक दिन १२/१३ घण्टासम्म सुन्नुपथ्र्यो ।

नानाथरी केमिकलको गन्धलाई फोक्सोमा मज्जाले भर्नु थियो । नखाँदै वान्ता आउलाजस्तो हुने र खादाँपनि केहि नपुगेझैं खल्लो त्यो खानालाई सँधै भोजन गर्नु थियो । आफन्त र नजिकको भन्ने कोहि नभएको यो विरानो ठाऊँमा लामो समयसम्मको लागि एक्लै बस्नु थियो । समय वित्दै गयो । विस्तारै ऊ नयाँ वातावरण नयाँ ठाउँमा भिज्दै थियो । अहिले त उसलाई मेसिन र फलामको ड्याङ ड्याङ चर्को आवाज सामान्य लाग्न थालिसक्यो । गन्ध आउने खाना पनि विस्तारै मिठो लाग्दै गयो । नलागेर के गर्नु सँधै त्यहि खानुपर्ने भएपछि । पूरै गाउँ एक फन्को नलगाउँदासम्म दिन विताउन नसक्ने ऊ सानो कोठामा एउटै किसिमका काम गरी घण्टौँ, महिनौँ, वषौँ विताउन सक्ने भएको छ । लगनशिलता र मिहिनेतसँगै काम र खटाईको प्रष्ट परिभाषा अनुभव गर्न कोरीयाले सिकाएको छ । अव यी सीपहरुलाई स्वदेशमा गएर देशविकासमा प्रयोग गर्न सकौँ ।

नेपालमा हुँदा सोँचिने कुरा र कोरिया आईसकेपछिको सोँचाईमा धेरै फरक पर्दोरहेछ । मान्छेका रहर अनि चाहनाहरु आपूर्तिका सिद्धान्तहरु फेल खाने गरी समयअनुसार बीजगणितको अनुपातमा थपिँदै र वढ्दै जादोरहेछ । आशले मान्छेलाई निराश वनाउँछ त्यसैले आवश्यकताभन्दा वढी आशा नराखी जे छ त्यसैमा सन्तुष्टि रहने प्रयास गरौँ । आत्मसन्तुष्टि नै सवैभन्दा ठूलो सफलता हो । सकेसम्म गाह्रो काम नै रोजौँ, गाह्रो काम नै गर्रौ । मह भीरमा हुन्छ त्यसैले मिठो हुन्छ र महत्त्व पनि त्यसकै । कडा मिहिनेतका साथ पाएको फल सायद अलि मिठो हुन्छ ।

नेपालमा हुँदा १ लाखको ठूलो सपना सोँचेर कोरिया प्रवेश गरेको ऊ कोरिया आईसकेपछि महिनाको २ लाख कमाउँदा पनि किन चित्त वुझाउन सकिरहेको छैन् । कोरिया जान मात्र पाए जे–जस्तो काम पनि गरिन्छ भन्ने मन कोरिया आईसकेपछि अरु साथीहरुले गर्ने भन्दा आफूले गर्ने काम गाह्रो ठानेर कम्पनी परिवर्तनको लागि नोदोम्बु धाउन थालिन्छ । कम्पनी परिवर्तनको लागि काम गरिरहेको कम्पनीवाट रिलिज लेटर पाउन र पाईसकेपश्चात भनेजस्तो र चाहेजस्तो पायक पर्ने ठाऊँमा कम्पनी नपाउने समस्याहरु विकारल बन्दै गईरहेको छ ।

तसर्थ कोरीयामा रोजगारीको लागि आउनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरु सकेसम्म र मिलेसम्म कम्पनी परिवर्तन नगर्नुहोला कोरीयामा जहाँ गएपनि काम गर्नैपर्छ । आखिर जुन काम गरेपनि काम गर्नु गाह्रो नै हुन्छ तसर्थ अरुको लहैलहैमा लागेर कम्पनी परिवर्तन नगर्नुहोला । तपाँई अहिले काम गर्दै गर्नुभएको कम्पनीमा समस्या नै भएपनि धेरै वुझेर मात्र परिवर्तन गर्नुहोला ।

अन्तमा हामी कोरियामा निश्चित अवधिको लागि मात्र काम गर्न आएका प्रवासी मजदुरहरु हौँ । तसर्थ कोरिया बसुञ्जेल हामी नेपाली नेपाली बीचमा कहिल्यै झगडा नगरी मिलेर वसौँ । एकले अर्कोलाई परेको बेला सहयोगका हातहरु उठाऔँ । कोरिया रहुञ्जेल विभिन्न अदालती मुद्दाहरुमा सकभर पर्नवाट वचौँ । सँधै स्वस्थ रहौँ, कसैलाई पनि हस्पिटल धाईरहनुपर्ने नहोस् । केहि धन अनि सीप आर्जन गरेर सकुशल नेपाल फर्किन पाऊँ ।

लेखक
एईडेन छन्त्याल

एईडेन छन्त्याल