न्यु वेष्ट पोइन्टको रजत जयन्तीः बृहत विज्ञान प्रदशनी देखि रक्तदान र खेलकुद सम्पन्न

  • १ पुष २०७४, शनिबार
  • 1644 पटक पढिएको

म्याग्दी, १ पुृस । न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा भलिबल, बास्केटबल र खुल्ला चेस प्रतियोगिता सम्पन्न भएका छन् । रजत जयन्ति वर्ष २०७४ को अबसरमा विद्यालयले रजत महोत्सब सप्ताह मंसिर २४–पुस १ सम्म बिबिध कार्यक्रम आयोजना गरेको हो । जस अनुसार २६ र २७ गते महिला अभिभावकहरुका लागि भलिबल र पुरुष अभिभाबकहरुका लागि बास्केटबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा महिला अभिभाबकहरुको ७ टिम र पुरुष अभिभाबकहरुको ३ टिम सहभागी भएका थिए ।

प्रतियोगितामा बेग टिम प्रथम र बगरफाँट पर्बत टिम द्वितीय भएका छन् । त्यसै गरि पुरुष बास्केटबल तर्फ इपिन तिलिजाको समूह प्रथम र डम्मर बहादुर पुनको समूह द्वितीय भएका छन् ।विद्यालयले रजत जयन्ति कै अवसरमा आयोजना गरेको खुल्ला चेस प्रतियोगितामा १६ जना सहभागी भएका थिए । तीन दिन सम्म संचालन भएको प्रतियोगितामा प्रविन श्रेष्ठ प्रथम, प्रेम प्रसाद गौतम द्वितीय र योगेन्द्र श्रेष्ठ तृतीय भएका छन् । तिन वटै खेलका बिजेताहरुलाई २५ औं बर्षिक उत्सब एबम रजत जयन्ती समारोहको मूल समारोह पुस १ गते पुरस्कार वितरण गरिने कुरा वेस्ट पोइन्ट मिडिया हबले जनाएको छ ।

बृहत बिज्ञान प्रदर्शनी सम्पन्न

न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा बृहत बिज्ञान प्रदर्शनी सम्पन्न भएको छ । रजत जयन्ति वर्ष २०७४ को अबसरमा विद्यालयले रजत महोत्सब सप्ताह मंगसिर २४–पुस १ सम्म बिबिध कार्यक्रमको आयोजना गरेको हो । जस अनुसार मंसिर २८ गते सो प्रदर्शनी सम्पन्न भएको हो । प्रदर्शनीमा वाल बिकास तह देखि १० सम्मका बिध्यार्थीहरुले आफुले निर्माण गरेको विभिन्न सामग्री प्रदर्शनी गरेका थिए । बिद्यालय परिसरमा र केहि कक्षा कोठामा विभिन्न ११४ वटा बिधाहरुका प्रदर्शनी रहेका थिए जसमा ३०० भन्दा बढी विध्यर्थिहरु सहभागी भएका हुन् । प्रदर्शनी अवलोकन गर्नकालागि बेनी बजारमा ६ वटा विद्यालयका बिज्ञान बिषय शिक्षकहरु सहित विद्यार्थिहरु र अभिभाबकहरुले अवलोकन गरेका थिए ।

अवालोक गर्न आएका धेरैले बिद्यार्थीहरुले गरेको यो कामको प्रसंसा गरेका थिए साथै उनीहरु अधिकांसले सिकाइ भनेको वेष्ट पोइन्टको यो कार्य प्रसंशनीय भएको बताएका छन् । बिद्यलायामा कार्यरत ५ जना बिज्ञान शिक्षकहरुको समुहले बिद्यार्थीहरुलाई प्रोत्साहित गर्दै सामग्री निर्माणमा सघाएको र उनिहरु आफैले सामग्री निर्माण गरेकोले पनि अबलोकन कर्ताहरुले सोधेको कुनै प्रश्नमा प्रस्ट संग ब्याख्या र बिश्लेषण गरेको प्रादर्शनी संयोजक शिक्षक रमेश भण्डारीले बताउनु भएको छ ।

कार्यक्रम शुरुहुनु पुर्व एक औपचारिक कार्यक्रमको आयोजना गरि वेष्ट पोइन्ट एजुकेसन फाउन्डेशन म्याग्दी प्रालिका अध्यक्ष शिवकुमार श्रेष्ठले पानसमा बत्ति बालेर र रिबन काटेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । त्यसै गरि कार्यक्रममा बिद्यालयका प्रिन्सिपल डा लाल रापचाले स्वागत, कार्यक्रमको बारेमा शिक्षक रमेश भण्डारी र संचालन शिक्षक कृष्ण जिसीले गरेको वेष्ट पोइन्ट मिडिया हबले जनाएको छ ।

रजत जयन्तीका अवसरमा रक्तदान

न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रजत जयन्ति वर्ष २०७४ को अबसरमा विद्यालयले रजत महोत्सब सप्ताह मंसिर २४– पुस १ सम्म बिबिध कार्यक्रम आयोजना गरेको हो । जस अनुसार मंसिर २९ गते रक्तदान कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा २४ जनाले रक्तदान गरेका छन् । अभिभाक शिक्षक र कलेज तहका बिद्यार्थीहरुले रक्तदान गरेका हुन । सो रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्रका संयोजक सुरत केसी, म्याग्दी अस्पतालका ल्याब टेक्निसियन सन्जोग तिमिल्सेना रस्बिना भण्डारी थापा र बिकास पुर्जाले प्राबिधिक सहयोग गर्नु भएको थियो ।

रक्तदान कार्यक्रम सुरु हुनु पुर्व एक औपचारिक कार्यक्रम समेत गरएिकोे थियो । सो कार्यक्रम नेपाल रेडक्रस सोसाइटी जिल्ला साखा म्याग्दीका सभापति लेख बहादुर हमालको प्रमुख आतित्यथाता, वेष्ट पोइन्ट एजुकेसन फाउन्डेसन म्याग्दी प्रालिका अध्यक्ष शिबकुमार श्रेष्ठको सभापित्व, शिक्षक कृष्ण जिसीको संचालनमा सम्पन्न कार्यक्रममा युरेस शिक्षक नायक बिजय कुमार पौडेलले स्वागत र कार्यक्रमको बारेका प्रकाश पार्नु भएको थियो । कार्यक्रममा युरेसका स्वयम सेवक हरुले रक्तदाताहरुलाई फलफुल जुस प्रदान गरेका थिए यसैे गरि कार्यक्रममा प्रमुख अतिथि हमाल र रक्तसंचार केन्द्रका संयोजक केसीलाई मायाको चिनो र रक्तदाता एवं प्राबिधिकहरुलाई प्रमाणपत्र वितरण गरिएको वेष्ट पोइन्ट मिडियाहबले जनाएको छ ।