प्रहरी कार्यालय परिसरमा निर्माण भएको महिला मैत्री भवनको उद्घाटन

  • २८ मंसिर २०७४, बिहीबार
  • 1403 पटक पढिएको

म्याग्दी, २८ मंसिर । जिल्ला प्रहरी कार्यालय म्याग्दीको परिसरमा निर्माण भएको महिला मैत्री भवनको बिहीबार उद्घाटन गरिएको छ ।भवनको उद्घाटन गर्दै संघीय प्रहरी ईकाई बागलुङका बरिष्ठ प्रहरी उपरिक्षक बिक्रम गुरुङले प्रहरीले सामाजिक अभियान मार्फत हिंसा न्युनीकरण र पिछडीएका वर्गको न्यायमा पहुँच बढाउन प्राथमिकता दिएको बताउनुभयो ।

उहाँले महिला मैत्री भवन र नागरीक सहायता कक्षा सञ्चालन भएपछि दुर्गम ग्रामिण क्षेत्रमा गरिब विपन्न महिलाहरुलाई आफ्नो समस्या व्यक्त गर्न सहज हुने र अनुसन्धानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले लैङ्गीक हिंसामा परेका महिला तथा बालबालीकाहरुको गुनासो सुनुवाई गरि उनिहरुको समस्या सम्बोधन गर्न सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले भवनको सदुपयोगमा जोड दिनुभयो ।

प्रहरी निरिक्षक सन्तोष रोकाले सञ्चालन गर्नुभएको कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य र नेपाल पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्माले पनी कार्यक्रममा मन्तब्य व्यक्त गर्नुभएको थियो । म्याग्दीका विभिन्न संघ संस्था, व्यवसायी र स्थानीयबासीको सहयोगमा हिंसामा परेका महिला तथा बालबालीकाको लागि आश्रय र नागरीक सहायता कक्ष भवन निर्माण भएको हो । स्%A