‘हो म त म्याग्दीकी छोरी, यो थाली नचाउछु झलझली’ सार्वजनिक (भिडियो सहित)

  • २८ मंसिर २०७४, बिहीबार
  • 3050 पटक पढिएको

म्याग्दी, २८ मंसिर । म्याग्देली कलाकार सीता थापा(पाईजा)ले थालीनाच सम्बन्धि तयार पारेको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘थालिनाचको रानी’ को रुपमा आफुलाई चिनाउन सफल भएकी गायीका सीता थापा (पाईजा)को मगर जातीको ऐतिहासिक र मौलिक संस्कृतिमा आधारित ‘हो म त म्याग्दीकी छोरी, यो थाली नचाउछु झलझली’ बोलको थालीनाचको म्युजिक भिडियोलाई युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

मौसम इन्टरटेइनमेनको प्रस्तुतिमा बजारमा ल्याईएको सो म्युजिक भिडियो र गितमा मौलिक मगर संस्कृतिलाई झल्काउने कोसीस गरिएको छ । सफल फिल्म तथा म्युजिक भिडियो निर्देशक ,कोरियोग्राफर, गायक, संगीतकार, रचनाकार एव कलाकार मौसम पाइजा पुनले निर्देशन गरेको सो थालीनाचको म्युजिक भिडियो प््रााकृतिक सौन्र्दयताले भरिपुर्ण म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिं गाउँमा छायांकन गरिएको थियो ।

मौलिकता झल्किने गरि निर्माण गरिएको थालीनाचको गीतमा थाली नाचकी रानी सीता थापा (पाईजा), लक्ष्मी पुर्जा पाइजा, शान्ता थजाली, ममता गर्वुजा, धन थापा, यमुना थापा, कविता थापा, सुजु रोका, खिमा पुन, धनिका गर्वुजा, नेस्मिता पुन, पवित्रा पुन, सत्तदेवी थजाली, राम कुमारी थजाली, देवि पाईजाले नृत्य गर्नुभएको छ । मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको र लोपउन्मुख बनेको थालीनाच गीतमा सिता थापा पाईजाको रचना तथा स्वर र मौसम पाईजा पुनको संगीतमा रहेको छ भने देबेन्द्र पुनले म्युजिक भिडियोको छायाकन तथा छवि रानाले सम्पादन गर्नुभएको छ ।

भिडियो