पात्लेखेतमा बाल बास्केटबल प्रतियोगिता सम्पन्न

  • २७ मंसिर २०७४, बुधबार
  • 1711 पटक पढिएको

 

म्याग्दी, २७ मंसिर । बेनी नगरपालीका १० पात्लेखेतमा रहेको दिपक माविमा मंगलबार अन्तर मावि जिल्ला स्तरीय बाल बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ ।

दिपक माविको जुरेस र बाल कल्वले आयोजना गरेको प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा आयोजक दिपक मावि प्रथम र अमर मावि पाखापानी दितृय भएका छन् ।

प्रथम र दितृयले ट्रफि र मेडल सहित क्रमश नगद नौ हजार र छ हजार रुपैया पुरस्कार प्राप्त गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदारनाथ सुवेदीको अध्यक्षता, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माको प्रमुख आतिथ्यता र शिक्षक बिजय सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।