माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवन–३ बाट भारी मतले बिजयी

  • २५ मंसिर २०७४, सोमबार
  • 1755 पटक पढिएको

 

मंसिर, २५ चितवन । (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन– ३ बाट निर्वाचित भएका छन् । राप्रपा प्रजातान्त्रिकका महामन्त्री विक्रम पाण्डेलाई ९ हजार मतान्तरले हराउँदै प्रचण्ड भारी मत अन्तरले बिजयी भएका हुन् ।

दाहालले ४८ हजार २ सय ६९ मत पाउँदा पाण्डेले ३८ हजार ९ सय ४२ मत पाए । दाहाल एमालेसहितको वाम गठबन्धनका उम्मेदवार हुन् भने पाण्डेलाई कांग्रेसको समर्थन थियो ।

दाहाल ०६४ सालको संविधानसभामा काठमाडौं– १० र रोल्पा– २ बाट निर्वाचित भएका थिए भने २०७० सालमा सिरहा– ५ बाट जितेका थिए ।