बाम गठबन्धनको बिजयी उत्सवमा बेनीमा अहिलेसम्मकै ठुलो मानव सागर (भिडियो सहित)

  • २५ मंसिर २०७४, सोमबार
  • 1859 पटक पढिएको

म्याग्दीको प्रतिनिधि र प्रदेश सभाका तिन वटै सिटमा बिजयी भएका बाम गठबन्धनले शनिवार बेनीमा विशाल विजयी उत्सव बनाएका छन् । शुक्रवार मतपरिणाम सार्वजनिक भएलगत्तै टेलरको रुपमा बिजयी र्‍याली निकालेका बाम गठबन्धनले शनिवार विशाल विजयी र्‍यालीम गरेका हुन् । विभिन्न गाउँ बाट आएका बाम गठबन्धनका कार्यकर्ता तथा मतदाताहरुले बेनी बजार ढाकीएको थियो । यो बिजयी उत्सवबलाई बेनीमा २०६२÷०६३ सालको जनआन्दोलन पश्चातको ठुलो जनसागर मानिएको छ । मंगलाघाट बजार र बेनी बजार परिक्रमा गरेको विशाल ¥याली खुल्लामञ्चमा पुगेर सभामा परिणत भएको थियो ।

भिडियो

बेनीमा बाजागाजा सहित हजारौँको संख्यामा निकालिएको बिजयी उत्सव र्‍यालीमा सहभागीहरुको भिड एउटै तस्बिरमा मात्रै कैद गर्न नसक्ने अवस्थामा थियो । प्रतिनिधि सभामा बिजयी भुपेन्द्रबहादुर थापा , प्रदेश सभा क मा बिजयी विनोद केसी र प्रदेशसभा निर्वाचन क्षेत्र ख मा विजयी नरदेवी पुनलाई बधाई तथा शुभाकामना दिनेहरुको भिडलाई व्यवस्थापन गर्न सुरक्षा निकाय र बाम गठबन्धनका स्वयमसेवकहरुलाई हम्मेहम्मे परेको थियो । सो अबसरमा नवनिर्वाचित साँसद त्रयले मतदाता तथा आम सर्वसाधारणलाई धन्यबाद समेत ज्ञापन गरेका थिए । गाउँगाउँबाट आएका बाम गठबन्धनका कार्यकर्ता, मतदाता तथा शुभचिन्तकहरुले एक आपसमा अविरमाला लगाएर निर्वाचनमा बिजयी भएको खुसीयाली साटासाट गरेका थिए ।