धौलागिरिमा बाम गठबन्धनको ‘क्लिन स्विप’, प्रतिनिधि र प्रदेश सभाका १५ सिटमा काँग्रेस शुन्य !

  • २४ मंसिर २०७४, आईतवार
  • 2127 पटक पढिएको

धौलागिरि अञ्चलमा रहेका चार जिल्लामा बाम गठबन्धनले क्लिन स्विप गरेका छन् । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम अनुसार, धौलागिरिको म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङका ५ प्रतिनिधि र १० प्रदेश सभा सदस्यमा बाम गठबन्धन बिजयी भएका छन् । चार जिल्लामध्ये म्याग्दी, पर्वत र मुस्ताङका १÷१ र बागलुङका दुई प्रतिनिधि सभामा काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन पराजीत भएको छ । त्यस्तै चार जिल्लाका १० प्रदेशसभा निर्वाचनमा समेत बाम गठबन्धनका उम्मेद्वारहरुनै बिजयी भएका छन् । पर्वत, बागलुङ र मुस्ताङमा काँग्रेसको बर्चश्वलाई कमजोर पार्दै बाम गठबन्धनले सानदार जित हात पारेका छन भने म्याग्दीमा २०६४ सालदेखिको बामपन्थीको लालकिल्लालाई निरन्तरता दिएका छन् ।


म्याग्दीमा प्रतिनिधि सभामा बाम गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका एमालेका भुपेन्द्रबहादुर थापा बिजयी हुनुभएको छ । प्रतिनिधि सभामा खसेको कुल ४७ हजार ४४९ मत मध्ये थापाले २३ हजार ३०८ मत ल्याएर बिजयी हुनुभएको हो । थापाका प्रतिस्पर्धी उम्मेदवार काँग्रेसका खमवीर गर्वुजाले २० हजार ९८० मत प्राप्त गर्नुभएको छ । थापाले गर्वुजालाई २ हजार ३२८ मतले पराजीत गर्नुभएको छ ।
त्यस्तै म्याग्दीको प्रदेश सभाको निर्वाचन क्षेत्र क्षेत्र क मा माओवादी केन्द्रका विनोद केसी खसेको कुल २७ हजार ६७५ मत मध्ये १४ हजार ७०४ ल्याएर बिजयी हुनुभएको हो । उहाँका निकटतम पतिस्पर्धी लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका भिमप्रसाद गौचनले १२ हजार १७५ मत ल्याउनुभएको छ । बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका ३३ बर्षिय केसीले ७७ बर्षका गौचनलाई २ हजार ५२९ मत अन्तरले विजयी हुनुभएको छ ।

यसैबिच म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र ख मा एमालेकी नरदेवी पुन बिजयी हुनुभएको छ । मंसिर १० गते भएको निर्वाचनमा खुल खसेको १९ हजार ७७४ मत मध्ये पुनले १० हजार ८६८ मत ल्याएर बिजयी हुनुभएको हो । उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी काँग्रेसका अमलाल फगामीलाई २ हजार ८७८ मत अन्तरले पराजीत गर्नुभएको छ । फगामीले ७ हजार ९९० मत प्राप्त गर्नुभएको छ । त्यसैगरि बागलुङमा प्रदेश र प्रतिनिधि सभाकोे सबै क्षेत्रमा वाम गठबन्धनले विजय प्राप्त गरेको छ । वाम गठबन्धनका उम्मेदवारले काँगे्रस उम्मेदवारलाई भारी मतान्तरले पराजित गर्दै विजय भएका हुन । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–१ मा एमालेका सुर्य पाठकले काँग्रेसका चम्पादेबी खड्कालाई १३ हजार ४१ मत अन्तरले पराजित गरेर विजयी भएका छन् । एमालेका पाठकले ३३ हजार ६ सय ५७ मत ल्याएका छन भने काँग्रेसकी खड्काले २० हजार ६ सय १६ मत प्राप्त गरेकी छिन् ।


त्यस्तै निर्वाचन क्षेत्र नम्बर–२ मा माओवादी केन्द्र देबेन्द्र पौडेलले ८ हजार ९ सय २२ मत बढी ल्याएर काँग्रेसका नरबहादुर पुनलाई पराजित गरेका छन । पौडेलले २८ हजार ८ सय २७ मत ल्याएका भने पुनले १९ हजार ९ सय ५ मत ल्याएका छन । त्यस्तै बागलुङ–१ को प्रदेश सभा ‘क’ मा एमालेका ईन्द्रलाल सापकोटाले ५ हजार ९ सय २६ मत अन्तरले काँग्रेस दीपेन्द्रबहादुर थापालाई पराजित गरेका छन । सापकोटाले १७ हजार ९ सय १५ मत ल्याएका छन भने थापाले ११ हजार ९ सय ८९ मत पाएका छन् । त्यसैगरी प्रदश ‘ख’ मा राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले ६ हजार ५ सय ६९ मत अन्तरले काँग्रेसका प्रकाश शर्मालाई पराजित गरेका छन ।


थापाले १५ हजारा ६ सय ३६ मत ल्याएका भने शर्माले ९ हजार ९४ मत प्राप्त गरेका छन । त्यस्तै क्षेत्र नम्बर–२ को प्रदेश सभा ‘क’ मा माओवादी केन्द्रका चन्द्रबहादुर बुढाले काँग्रेसका मञ्जेश बम मल्ललाई ५ हजारा ८ सय ६९ बढी मतले पछि पार्दै विजय हात पारेका हुन । बुढाले १७ हजार ४ सय १५ मत पाउँदा मल्लले ११ हजार ५ सय ४६ मत प्राप्त गरेका छन । त्यस्तै प्रदेश सभा ‘ख’ मा राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीले ३ हजार २ सय ६० मत अन्तरले काँग्रेसका जीत शेरचनलाई पराजित गरेका छन् । घर्तीले ११ हजार ८ सय ८४ मत ल्याउँदा शेरचनले ८ हजार ६ सय २४ मत प्राप्त गरेका छन । यता मुस्ताङका तीन वटै सिटमा बामगठबन्धनको बिजयी भएका छन् । २०७० सालको दोश्रो संबिधानसभा निर्वाचनमा भोगेको पराजयको बदला लिदै मुस्ताङमा बामगठबन्धनका साझा उम्मेदवार प्रेम प्रसाद तुलाचन बिजयी भएका छन् ।

मतगणनामा तुलाचनले आफ्ना निकटतम प्रतिद्धन्दी पूर्ववाणिज्यमन्त्री रोमी गौचन थकालीलाई ३ सय ६३ मतअन्तरले पछाडि पार्दे बिजय भएका हुन् ।मुस्ताङ प्रतिनिधिसभामा बामगठबन्धनका उम्मेदवार प्रेम प्रसाद तुलाचनले ३ हजार ५ सय ४४ मत प्राप्त गरेका थिए भने काग्रेसका रोमी गौचन थकालीले ३ हजार १ सय ८१ मत पाएका थिए । यसअधि दोश्रो संविधानसभा निर्वाचनमा तुलाचन काग्रेसका रोमी गौचन थकाली संग २२ भोटको झिनो मतअन्तरले पराजित भएका थिए । उपल्लो मुस्ताङ प्रदेश ‘क’मा बामगठबन्धनका उम्मेदवार ईन्द्रधारा बिष्ट १ हजार १ सय६७ मतले बिजयी भएका छन् । उहाँका निकटम् प्रतिद्धन्दी मिङ्क्यूर गुरुङले ६ सय ५७ मत प्राप्त गरे । यहाँ बामगठबन्धनले ५ सय १० मतको भारी मतअन्तरले बिजय भएको हो ।

त्यस्तै तल्लो मुस्ताङको प्रदेश ‘ख’मा बामगठबन्धनका उम्मेदवार महेन्द्र बहादुर थकालीले २ हजार ५ सय ८४ मतले बिजयी भएका छन् । उनका प्रतिद्धन्दी काग्रेसका छिरिङधावा गुरुङले २ हजार २ सय ५९ मत प्राप्त गरे । यहाँ बामगठबन्धनका उम्मेदवारले ३ सय २५ मतअन्तरले बिजयी भएका हुँन् ।यो संगै मुस्ताङमा काग्रेसको आधार ईलाका तोड्दै बामगठबन्धनले लालकिल्ला बनाएको छ । यता पर्वतबाट बाम गठवन्धनका उम्मेदवार भारी मतले बिजयी भएका छन् । प्रतिनिधिमा १ र प्रदेश सभामा २ निर्वाचन क्षेत्र रहेको पर्वतमा बाम गठबन्धनले क्लिन स्विप गरेको छ ।

आईतवार विहान सार्वजनिक भएको अन्तिम मत परिणामबाट एमालेका जिल्ला अध्यक्ष पदम गिरी प्रतिनिधि सभा सदस्यमा अत्याधिक मतले बिजयी भएका छन् । गिरीले नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पर्वतमा तीन पटक चुनाब जितेर ह्याट्रिक गरेका अर्जुनप्रसाद जोशीलाई १२ हजार ४ सय ५६ मत अन्तरले पराजित गर्दै निर्वाचत भएका हुन् । प्रतिनिधीसभा सदस्य पदमा निर्वाचित गिरीले ३९ हजार २ सय ७५ मत प्राप्त गर्नुभएको छ भने पराजित जोशीले २६ हजार ८ सय १९ मत प्राप्त गरेका छन् ।

यसैगरी प्रदेशसभा सदस्यमा क्षेत्र नं. १ मा बाम गठबन्धनका उमेदवार माओबादी केन्द्रका पोलिटब्युरो सदस्य नेत्र अधिकारी बिजयी भएका छन् । प्रदेससभा सदस्य पदमा निर्वा्चित सदस्य अधिकारीले नेपाली कांग्रेसका पुर्व जिल्ला सभापाति नवराज गुरुङ्गलाई ४ हजार ८ सय २३ मतको अन्तरले पराजित गरेका हुन् । निर्वाचित अधिकारीले २१ हजार ५ सय ८ मत प्राप्त गरेका छन् भने पराजित हुन पुगेका नेपाली काँग्रेसकमा गुरुङ्गले १६ हजार ६ सय ८५ मत प्राप्त गरेका छन् । यसैगरी प्रदेशसभा २ मा एमालेका प्रदेश कमिटी सदस्य बिकास लम्साल बिजयी भएका छन् । लम्सालले नेपाली कांग्रेसका महाधिबशेन प्रतिनिधी रहेका राजेन्द्र तिवारीलाई २ हजार १ सय ६६ मत अन्तरले पराजित गरेका छन् । प्रदेससभा सदस्यमा बिजयी भएका लम्सालले १५ हजार ४ सय ३४ मत प्राप्त गरेका छन् भने पराजित भएका तिवारीले १३ हजार ३ सय ५२ मत प्राप्त गरेका छन् । लम्साल २०७० मा पनि पर्वत क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।