म्याग्दी जलजला परिवार अष्ट्रेलियाद्धारा सर्वाधिक पुरस्कार राशीको भलिबल आयोजना

  • २४ मंसिर २०७४, आईतवार
  • 1950 पटक पढिएको

म्याग्दी, २४ मंसिर । म्याग्दी जलजला परिवार अष्ट्रेलियाद्धारा सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता आयोजना गरेको छ । बिशेष गरि अष्ट्रेलियामा बस्ने म्याग्दीको धौलागिरि गाउँपालिकामा समावेश साविकका गाविसबासीहरुको पहलमा अष्टे«लियाको सिड्नीमा सन २०१२ मा म्याग्दी जलजला परिवार स्थापना भएको थियो ।

विभिन्न सामाजिक क्षेत्रमा कामहरु गर्दै आएको जलजला परिवारले एकदिवसीय सर्वाधिक पुरस्कार राशिको भलिबल आयोजना गरेको हो ।
अष्टे«लियामा रहेका विभिन्न नेपाली संघ संस्थाहरुबिचमा हुने सो प्रतियोगितामा पुरुष र महिला भलिबलमा बिजेतालाई नगद १ हजार ६०५ अष्टे«लियन डलर (नेपाली रु १ लाख ३३ हजार बढी) सहित खसी र उपबिजेतालाई ९ सय ५ अष्टे«लियन डलर (नेपाली रु ७५ हजार बढी) सहित खसीको साथमा ट्रफी, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ ।

प्रतियोगिता डिसेम्बर १७ तारिक(पौस २ गते)को दिन म्यारिकभिल स्थित खेलकुद हलमा हुने छ । सो प्रतियोगिता विहान ९ बजेदेखि साँझ ७ बजेसम्म सचालन हुने म्याग्दी जलजला परिवार अष्ट्रेलियाका सचिब माधव सुवेदील्ो जानकारी दिनुभयो ।