न्यू वेष्ट पोईन्टको रजत महोत्सव सुरु –(फोटोफिचर)

  • २४ मंसिर २०७४, आईतवार
  • धिरन खत्री
  • 1439 पटक पढिएको

म्याग्दी, २४ मंसिर । म्याग्दीको बेनी बजारमा रहेको न्यू वेस्ट पोईन्ट माविले रजत जयन्ति महोत्सव सुरु गरेको छ । २५ बर्ष पुगेको अवसरमा रजत जयन्ति बर्ष २०७४को अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्दै बेनीबजारमा झाँकी प्रर्दशन गर्दै आईतबारदेखि रजत जयन्ति मनाउन सुरु गरेको हो ।


आइतबार बेनीबजारमा २५ बर्षको अवसरमा जिल्लामा रहेका विभिन्न जातजातीको भेषभुषा र सस्कृतिलाई प्राथमिकता दिदै बाजागाजासहित विद्यार्थी र शिक्षकलले बेनीबजारमा झाँकी प्रर्दशन गरेका थिए ।


रजत जयन्ती बर्ष २०७४ को अवसरमा साप्ताहिक रुपमा आयोजित कार्यक्रममा विभिन्न खेलकुद तथा सास्कृतिक कार्यक्रम आयोजना गरिएको विद्यालयका शिक्षक कृष्ण जिसिले जानकारी दिनुभयो । विद्यार्थीमा लुकेर रहेको प्रतिभालाई उजागर गर्न विभिन्न खेलकुद तथा सास्कृतिक कार्यक्रम हुने छन् ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l