जनतासंग गरेको बाचा पुरा गर्छौैः वामगठबन्धनका विजयी उम्मेद्वार (भिडियो)

  • २३ मंसिर २०७४, शनिबार
  • धिरन खत्री
  • 2155 पटक पढिएको

म्याग्दी,२३ मंसिर । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा विजयी भएपछि वामगठबन्धनका उम्मेद्वारहरुले जनतासंग गरेको बाचा पुरा गर्ने प्रतिवद्धता जनाएका छन् । मुख्य निर्वाचन कार्यालय प्रमुखबाट निर्वाचित प्रमाणपत्र लिदै वामठवन्धनका उम्मेद्वारहरुले यस्तो बताए हुन ।

भिडियो

जितसंगै मतदातालाई धन्यबाद दिदै प्रतिनिधिसभाका विजयी उम्मेद्वार भुपेन्द्र थापाले जिल्ला र मुलुकलाई समृद्धिको अभियानमा लाग्ने बताउनुभयो । बामगठबन्धनलेसमृद्ध मुलुकको नेतृत्व लिएको हुदाँ जिल्लामा भएका स्रोतसाधनलाई परिचालन गरि अघि बढ्ने बताउनुभयो ।

त्यस्तै प्रदेशसभा क्षेत्र क विजयी उम्मेद्वार विनोद केसीले विजयी गराउने शुभचिन्तक मतदातालाई धन्यवाद दिदै जनतासंग राखेको एजेण्डा पुरा गर्ने प्रतिवद्धता ब्यक्त गनुभएको छ । उहाँले जिल्लालाई समृद्ध र रोजगारको वातावरण सिर्जना गर्न यहाँ भएका कृषि, पर्यटन, जलस्रोत खनीज जस्ता प्रमुख स्रोतलाई प्रयोग गर्दै स्थायी नीतिनिर्माण लाग्ने बताउनुभयो । मुलकको परिर्वतनका लागि जनयुद्धमा सहादत प्राप्त गरेको शहिदहरुको प्रतिनिधिको रुपमा प्रदेशमा काम गर्ने प्रतिवद्धता राख्नुभयो ।

त्यस्तै प्रदेशसभा क्षेत्र ख विजयी हुनुभएकी उम्मेद्वार नरदेवी पुनले देशको राजनीति स्थिरता कायम गर्दै प्रदेशका जनतालाई समृद्धिको बाटोमा अघि बढाउन विगतका अनुभवलाई प्रयोग गर्दै विकासको गतिलाई तिव्रता दिने बताउनुभयो । जिल्लाका जनतासंग राखेका एजेण्डालाई पुरा गर्ने र महिलाहरुको समस्यालाई समाधानमा प्राथमिकता स्वरोजगारको वाताबरण सिर्जना गर्न लाग्ने प्रतिवद्धता राख्नुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित भएलगत्तै वामगठबन्धनका नेता, कार्यकता, समर्थक र शुभेच्छुकहरुले सदरमुकाम बेनीबजारमा खुशीयाली र्‍याली गरेका थिए ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l