बाम गठबन्धनको बेनीमा टेलर बिजयीउत्सव यस्तो देखियो (हेरौँ फोटो र भिडियो सहित)

  • २२ मंसिर २०७४, शुक्रबार
  • 2737 पटक पढिएको

म्याग्दी, २२ मंसिर । प्रतिनिधि सभामा १ र प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा तीन वटै सिटलाई सुरक्षित गर्दै म्याग्दीलाई लाल किल्ला कायम गर्न सफल बाम गठबन्धनले बेनीमा टेलर बिजयीउत्सव मनाएका छन् । शुक्रवार दिउँसो सम्पन्न भएको मतगणनाको परिणाम अनुसार प्रतिनिधि सभामा एमालेका भुपेन्द्रबहादुर थापा, प्रदेश क्षेत्र नम्बर क मा माओवादी केन्द्रका विनोद केसी र प्रदेश निर्वाचन क्षेत्र ख मा एमालेकी नरदेवी पुन बिजयी हुनुभएको हो ।

भिडियो

म्याग्दीमा एमाले र माओवादीको बाम गठबन्धन र काँग्रेस राप्रपाको लोकतान्त्रिक गठबन्धनका बिचमा निर्वाचनमा प्रतिस्पर्धा भएको थियो । स्थानीय तह निर्वाचनमा एमाले र माओवादीले सोच अनुरुप नजिता ल्याउन नसकेको बदला प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सबै सिट कब्जा गरेर लिएका छन् । बाम गठबन्धनले शनिवार बेनीमा आम कार्यकर्ता, मतदाता तथा सर्वसाधारणको सहभागीतामा भव्य विजयीउत्सव मनाउने तयारी गरिएको छ भने शुक्रवार दिउँसो नै टेलर उत्सव समेत बनाईएको छ ।

निर्वाचित उम्मेद्वारहरु सहितको विशाल र्‍यालीले बेनीबजार परिक्रममा गरेको थियो । म्याग्दीमा प्रतिनिधि सभामा खसेको कुल ४७ हजार ४४९ मत मध्ये एमालेका भुपेन्द्रबहादुर थापाले २३ हजार ३०८ मत ल्याएर बिजयी हुनुभएको हो । थापाका प्रतिस्पर्धी उम्मेदवार काँग्रेसका खमवीर गर्वुजाले २० हजार ९८० मत प्राप्त गर्नुभएको छ । थापाले गर्वुजालाई २ हजार ३२८ मतले पराजीत गर्नुभएको छ । त्यस्तै म्याग्दीको प्रदेश सभाको निर्वाचन क्षेत्र क मा माओवादी केन्द्रका विनोद केसी र ख मा एमालेकी नरदेवी पुन बिजयी हुनुभएको छ ।

निर्वाचन क्षेत्र क मा माओवादी केन्द्रका विनोद केसी निर्वाचीत हुनुभएको छ । प्रदेश सभामा खसेको कुल २७ हजार ६७५ मत मध्ये केसीले १४ हजार ७०४ ल्याएर बिजयी हुनुभएको हो । उहाँका निकटतम पतिस्पर्धी लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका भिमप्रसाद गौचनले १२ हजार १७५ मत ल्याउनुभएको छ । बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका ३३ बर्षिय केसीले ७७ बर्षका गौचनलाई २ हजार ५२९ मत अन्तरले विजयी हुनुभएको छ ।

यसैबिच म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र ख मा एमालेकी नरदेवी पुन बिजयी हुनुभएको छ । मंसिर १० गते भएको निर्वाचनमा खुल खसेको १९ हजार ७७४ मत मध्ये पुनले १० हजार ८६८ मत ल्याएर बिजयी हुनुभएको हो । उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी काँग्रेसका अमलाल फगामीलाई २ हजार ८७८ मत अन्तरले पराजीत गर्नुभएको छ । फगामीले ७ हजार ९९० मत प्राप्त गर्नुभएको छ । बिजयी उम्मेद्वारहरुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिसकेको छ ।