म्याग्दीमा वामठबन्धनको विजयीः र्‍यालीमा कार्यकर्ताको खुशीयाली (फोटोफिचर)

  • २२ मंसिर २०७४, शुक्रबार
  • 2042 पटक पढिएको

म्याग्दी, २२ मंसिर । बिजयी उम्मेद्वारले मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचित भएको प्रमाणपत्र लिदै बाम गठबन्धनका कार्यकर्ताले बिजयी उत्सब मनाएका छन् । बिजयसंगै गठबन्धनका कार्यकताले बाजागाजासहित बेनीबजार घुमेर जनतासंग खुशीयाली मनाएका थिए ।


प्रतिनिधि सभामा १ र प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा तीन वटै सिटमा बाम गठबन्धन बिजयी भएको छ । निकट्तम प्रतिद्धन्दीलाई फराकिलो मतअन्तरले पछि पार्दै गठबन्धनको जित सुनिश्चित गरेको हो । जिल्लाको भएको बामगठबन्धनको लालकिल्लाले निरन्तरता पाउदाँ कार्यकता तथा शुभचिन्तकहरुमा खुशीयाली छाएको छ ।

 

प्रतिनिधि सभामा बाम गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका एमालेका भुपेन्द्रबहादुर थापा बिजयी भएका छन् । प्रतिनिधि सभामा खसेको कुल ४७ हजार ४४९ मत मध्ये थापाले २३ हजार ३०८ मत ल्याएर बिजयी भएका थिए । थापाका प्रतिस्पर्धी उम्मेदवार काँग्रेसका खमवीर गर्वुजाले २० हजार ९८० मत प्राप्त गरेका थिए । थापाले गर्वुजालाई २ हजार ३०८ मतले पराजीत गरेका हुन् ।

त्यस्तै म्याग्दीको प्रदेश सभाको निर्वाचन क्षेत्र क र ख दुबैमा बाम गठबन्धनका उम्मेदवार बिजयी भएका छन् । निर्वाचन क्षेत्र क मा माओवादी केन्द्रका विनोद केसी निर्वाचीत भएका छन् । प्रदेश सभामा खसेको कुल २७ हजार ६७५ मत मध्ये केसीले १४ हजार ७०४ ल्याएर बिजयी भएका थिए । उनका निकटतम पतिस्पर्धी लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका भिमप्रसाद गौचनले १२ हजार १७५ मत ल्याएका थिए । बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका ३३ बर्षिय केसीले ७७ बर्षका गौचनसामु २ हजार ५२९ मत अन्तरले विजयी भएका थिए ।


यसैबिच म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र ख मा एमालेकी नरदेवी पुन बिजयी भएकी छन् । पुनले १० हजार ८६८ मत ल्याएर बिजयी भएकी हुन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी काँग्रेसका अमलाल फगामीलाई २ हजार ८७८ मत अन्तरले पराजीत गर्नुभएको छ । फगामीले ७ हजार ९९० मत प्राप्त गर्नुभएको छ ।