म्याग्दीको प्रदेश सभा क मा बाम गठबन्धनका विनोद केसी र ख मा नरदेवी पुन बिजयी

प्रतिनिधि सभा सदस्य पदमा समेत थापा अगाडी

  • २२ मंसिर २०७४, शुक्रबार
  • 3303 पटक पढिएको

म्याग्दी २२ मंसिर । म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र क मा बाम गठबन्धनका विनोद केसी निर्वाचीत हुनुभएको छ । प्रदेश सभामा खसेको कुल २७ हजार ६७५ मत मध्ये केसीले १४ हजार ७०४ ल्याएर बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका भिमप्रसाद गौचनले १२ हजार १७५ मत ल्याउनुभएको छ ।

बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका ३३ बर्षिय केसीले २ हजार ५२९ मत अन्तरले विजयी हुनुभएको छ । प्रदेश सभा क को मतपरिणाम औपचारिक रुपमा घोषणा हुन भने बाँकी रहेको छ ।

यसैबिच म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र ख मा बाम गठबन्धनकी नरदेवी पुन बिजयी हुनुभएको छ । मंसिर १० गते भएको निर्वाचनमा खुल खसेको १९ हजार ७७४ मत मध्ये पुनले १० हजार ८६८ मत ल्याएर बिजयी हुनुभएको हो । उहाँले आफ्ना निकटतम प्रतिद्धन्द्धी काँग्रेसका अमलाल फगामीलाई २ हजार ८७८ मत अन्तरले पराजीत गर्नुभएको छ । फगामीले ७ हजार ९९० मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै प्रतिनिधि सभा सदस्यमा समेत बाम गठबन्धनका उम्मेदवार एमालेका भुपेन्द्र बहादुर थापाले नै अग्रता कायम गर्नुभएको छ । प्रतिनिधि सभा सदस्य पदमा एमाले (भुपेन्द्रबहादुर थापा)ः १७१९९ र काँग्रेस (खमविर गर्वुजा)ः १५५७३ मत प्राप्त गर्नुभएको छ । प्रतिनिधि सभाको मतगणना जारी छ ।