म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र ख मा बाम गठबन्धनकी नरदेवी पुन बिजयी

अन्य क्षेत्रमा समेत बाम गठबन्धन अगाडी

  • २२ मंसिर २०७४, शुक्रबार
  • 2464 पटक पढिएको

म्याग्दी, २२ मंसिर ।म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र ख मा बाम गठबन्धनकी नरदेवी पुन बिजयी हुनुभएको छ । मंसिर १० गते भएको निर्वाचनमा खुल खसेको १९ हजार ७७४ मत मध्ये पुनले १० हजार ८६८ मत ल्याएर बिजयी हुनुभएको हो । उहाँले आफ्ना निकटतम प्रतिद्धन्द्धी काँग्रेसका अमलाल फगामीलाई २ हजार ८७८ मत अन्तरले पराजीत गर्नुभएको छ । फगामीले ७ हजार ९९० मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र ख र प्रतिनिधि सभा सदस्यमा समेत बाम गठबन्धनका उम्मेदवारहरुले नै अग्रता कायम गरेका छन् ।

उम्मेदवारहरुले नै अग्रता कायम गरेका छन् । प्रदेश सभा निर्वाचन क्षेत्र कमा नेकपा माओवादी केन्द्र (विनोद केसी)ः १२१२६, राप्रपा (भिमप्रसाद गौचन) ः १०४२६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै प्रतिनिधि सभा सदस्य पदमा एमाले (भुपेन्द्रबहादुर थापा)ः १७१९९
काँग्रेस (खमविर गर्वुजा)ः १५५७३ मत प्राप्त गर्नुभएको छ । प्रदेश क र प्रतिनिधि सभाको मतगणना जारी छ ।