सडकबाट उद्धार गरिएका वृद्धलाई खान र बासको जिम्मा मानव सेवा आश्रमले लियो

  • २० मंसिर २०७४, बुधबार
  • 2101 पटक पढिएको

 

म्याग्दी, २० मंसिर । म्याग्दी सदरमुकाम बेनीमा बेवारिसे अवस्थामा सडकमै दिनरात विताउँदै आएका एक बृद्धलाई उद्धार गरि मानव सेवा आश्रम बागलुङमा पु¥याईएको छ । सडकमा विरामी अबस्थामा रहेका म्याग्दीका मालिका गाउँपालिका क्षेत्रमा घर भएका ६३ बर्षका टेकबहादुर पुनलाई बेनीका स्थानीय युवाहरुले उद्धार गरी जिल्ला अस्पतालमा उपचार पश्चात उनको संरक्षणको लागि मानव सेवा आश्रमको जिम्मा लगाएका हुन् ।


सो आश्रमले पुनको खान र बस्ने सहित स्याहार सुसार सहित सम्पूर्ण जिम्मा लिएको पुनलाई उद्धार गर्ने युवाहरुको नेतृत्व गरेका अनेरास्ववियूका केन्द्रीय सदस्य प्रकाश पौडेलले बताउनुभयो ।

पौडेलको नेतृत्वमा युवाहरुले बेबारिसे अबस्थामा रहेका पुनलाई सडकबाट उद्धार गरि सरसफाई गरि अस्पताल पु¥याएर उपचार समेत गरेका थिए ।

पुन पहिलेदेखि नै भारी बोक्ने काम गर्दै आएका थिए । उमेरले बुढ्यौली लागेर काम गर्न नसक्ने भएसंगै उनी बेवारिसे अवस्थामा सडकमा बस्दै आएका थिए ।

लामो समयदेखि पुन सडकपेटीमा बस्ने र स्वास्थ्य अवस्था समेत कमजोर बन्दै गएर सडकमा बास भएका पुनलाई मानव सेवा आश्रमले आश्रय दिएपनि उनले राहतको महसुस गरेका छन् ।