भकिम्लीमा पशु स्वास्थ्य शिवीर

  • २० मंसिर २०७४, बुधबार
  • सन्तोष गौतम
  • 1379 पटक पढिएको

बेनी २० मंसिर । बेनी नगरपालीका ३ भकिम्लीमा मंगलबार पशु स्वास्थ्य शिवीर सम्पन्न भएको छ ।
बेनी नगरपालीका, वडा र पशु सेवा कार्यालयको आयोजनामा शिवीर सञ्चालन गरिएको हो । ग्रामिण क्षेत्रका कृषकहरुलाई पशुपंक्षिको स्वास्थ्यप्रती जागरुक बनाउने र गाउँमै प्राबिधिक सेवा उपलब्ध गराउने उद्देश्यले शिवीर सञ्चालन भएको जनाइएको छ ।

शिवीरमा ७४ जना कृषकहरुले सेवा लिएका छन् । एक हजार ११२ पशु र ७८० पंक्षीको स्वास्थ्य परिक्षण, औषधी उपचार र परामर्श सेवा दिइएको पशु सेवा कार्यालयका पशु सेवा प्राबिधिक सुभाष रेग्मीले जानकारी दिनुभयो ।

बरिष्ठ पशु चिकित्सक डाक्टर मनबहादुर पुनको टोलीले सेवा दिएको थियो । वडा अध्यक्ष पदम पुनको अध्यक्षता, पशु सेवा प्राबिधिक रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रममा बरिष्ठ पशु चिकित्सक पुन, वडा सचिव शिव शर्मा र कृषक धनबहादुर श्रीसले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

 

सन्तोष गौतम