६५ लाखमा मुक्तिधाम माविको आठ कोठे भवन निर्माण

  • १९ मंसिर २०७४, मंगलवार
  • धिरन खत्री
  • 1947 पटक पढिएको

म्याग्दी, १९ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका २ राखु भगवतीमा रहेको मुक्तिधाम माविमा ६५ लाख रुपैयाँ लागतमा आठ कोठे आरसिसि भवन निर्माण गरिएको छ । उक्त भवन जिल्ला शिक्षा कार्यालयको सहयोगमा निर्माण गरिएको हो ।


दुईतले आठ कोठे भवन निर्माण गर्नका लागि ६५ लाख रुपैया रकम लागेको थियो । सो रकम मध्य जिल्ला शिक्षा कार्यालयको ५७ लाख रुपैयाँ सहयोग र विद्यालयको करिव आठ लाख रुपैया भवन निर्माणमा खर्च भएको प्रअ अम्मर केसीले जानकारी दिए । विद्यालयले सो भवन निर्माण लागि फर्निचर सामानहरु आफै उपलब्ध गराएको थियो । २० ७२ सालमा आएको भुकम्पले जिल्लाका धेरै विद्यालय जिर्ण बनाएको थियो । जुन असर मुक्तिधाम माविमा परेको थियो । जसले गर्दा विद्याथीलाई दैनिक पठनपाठनमा असर गरेपछि जिल्ला शिक्षा कार्यालयले सो भवन निर्माणका लागि सहयोग उपलब्ध गराएको थियो ।


अहिले आरसिसि भवन निर्माण भएपछि विद्यालयमा पठनपाठन गर्न सजिलो भएको विद्यालयका प्रअ केसीले जानकारी दिए । एकदेखि १२ कक्षा सम्म रहेको सो विद्यालयमा ६ सय पचास जना विद्यार्थीहरु अध्ययनरत गरिरहेका छन् ।


रोजगारको शिलशिलामा युकेमा रहेका भुतपुर्व विद्यार्थीहरुले १७ लाख ३० हजार आर्थिक सहयोग गरेका छन । सो सहयोगबाट दुई कोेठे भवन निर्माण कार्य सुरु भएको छ । विद्यालयमा विज्ञान प्रयोगशाला र कम्युटर कक्षा सुरु गर्नका लागि सो भवन निर्माणका लागि २२ लाख ५० हजार लागत लाग्ने छ । सो भवन निर्माण लागि युकेमा रहेको भुतपुवै विद्यार्थीको सहयोग र विद्यालयको तर्फबाट ५ लाख २० हजार रकम सहित सो भवन निर्माण गर्न लागिएको प्रअ केसीले जानकारी दिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l