ताकममा लैङ्गीक हिंसा न्युनीकरणका विषयमा सचेतनामुलक कार्यक्रम

  • १८ मंसिर २०७४, सोमबार
  • 1223 पटक पढिएको

 

म्याग्दी, १८ मंसिर । म्याग्दीको धौलागिरी गाउँपालीका ७ ताकममा सोमबार लैङ्गीक हिंसा न्युनीकरण विषयमा सचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

लैङगीक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत धौलागिरी गाउँपालीकाको आयोजना, गुड नेवर्स ईन्टरनेशनल र संगम म्याग्दीको व्यवस्थापनमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा निवर्तमान सांसद नरदेवी पुनले संविधानमा महिला अधिकार र लैङगीक हिंसाको विरुद्ध गरिएका व्यवस्था र महिला अधिकार मञ्च म्याग्दीका अध्यक्ष दिवाकुमारी पुनले लैङ्गीक हिंसाको कारण, यसको असर र कानुनी उपचारको विषयमा जानकारी गराएकी थिईन ।

प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माको स्वागतमा भएको कार्यक्रममा गाउँपालीकाका अध्यक्ष थमसरा पुनले लैङ्गीक हिंसा न्युनीकरणका लागि गाउँपालीकाका योजना तथा कार्यक्रमको बारेमा जानकारी गराएकी थिईन ।