नतिजाको पखाईमा तड्पिएको म्याग्दी

  • १५ मंसिर २०७४, शुक्रबार
  • धिरन खत्री
  • 2333 पटक पढिएको

गठबन्धनको जित सुनिश्चित गर्न उम्मेद्वार र दलका नेता तथा कार्यकताहरु चुनावी आमसभा घरदैलो र मतदानपछि  मतपरिणामको पखाईले छटपटिमा गुज्रिन बाध्य भएका छन् । म्याग्दीको सदरमुकाम देखि गाउँगाउँको चियापसल, विभिन्न संघसस्था, सरकारी कार्यालय, ब्यवसायिक पसल र ब्यस्त कृषकहरुले फुसर्दको समयलाई कसले जित्छ भन्ने मत आकलनमा सदुपयोग गरेका छन् ।

जिल्लामा लोकतान्त्रिक गठबन्धन र वामगठबन्धनले मत गन्नुभन्दा पहिला आफ्नो पक्षको यति मत अन्तरले जित सुनिश्चित हुन्छ भन्नु स्वाभाविक हो । तर उनीहरुको अन्तर मनबाटै ढुक्क जित सुनिश्चित भएको भन्न नसकिरहेको अवस्था रहेको छ । जिल्लाको मतपरिणाम को मतपेटिका मुख्य निर्वाचन कार्यालय म्याग्दीमा रहेको छ । त्यही मतपरिणामको पखाईमा रहेका उम्मेद्वार, दलका नेता तथा कार्यकताहरुलाई दिनमा भोक रातमा निद्रा राम्रोसंग लागेको छैन ।


परिक्षा दिएर बसेका जिल्लाका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेद्वारलाई शुभचिन्तकले जित सुनिश्चित भन्ने गरेपनि मतपरिणाम सार्वजनिक नहुदाँसम्म उनीहरु ढुक्क भएर बस्ने अवस्था भने छैन् । उनीहरु परिणाम यही भन्न नसकिने अवस्था भएका गठबन्धनका उम्मेद्वार तथा कार्यकताहरुलाई कहाबाट कति खस्यो भन्ने आकलन र मतपरिणाम प्रतिक्षामा दिन गन्दै बस्न बाध्य भएका छन् ।
निर्वाचन कार्यालयले मंसिर २१ गते ५ बजेसम्म मतगणना नगर्न ३२ जिल्लालाई आदेश दिएपछि त्यसको छटपटि र असर म्याग्दीमा परेको छ । उम्मेद्वारको हार जितको मतपरिणाम रहेको मतपेटिका सुरक्षाका लागि गेट बाहिर नेपाली सेना, शसस्त्र प्रहरी र मतपेटिका राखिएको कोठा नजिक नेपाल प्रहरी रहेका छन् । मतपेटिका साटिन सक्ने सम्भावनाले उम्मेद्वारले गठबन्धनका प्रतिनिधि मतपेटिका सुरक्षाका लागि २४ सै घण्टाका लागि राखेका छन् ।

जिल्लामा एक नगरपालिका र ५ गाउँपालिका रहेको म्याग्दीमा ४५ वटा वडामा ७२ मतदानस्थल र १०६ मतदान केन्द्र रहेको म्याग्दीमा कुलमतदाता मध्ये ६३ प्रतिशत मत खसेको थियो । कुल ७५ हजार ५३८ मतदाता मध्य ४७ हजार ४४९ जनाको मत खसेको थियो । खसेको मत मध्य २१ हजार १३१ जना पुरुष र २६ हजार ३१८ महिला मतदाता सहभागि भएका थिए । जिल्लामा पुरुष ३६ हजार १०२ जना र महिला ३९ हजार ४३७ जना मतदाता रहेका थिए । स्थानीय चुनावमा खसेको मतभन्दा ५ प्रतिशत कम मत खसेको थियो ।

प्रतिनिधि सभा एक र प्रदेश सभा २ वटा रहेको म्याग्दीमा १३ जना चुनावी मैदान उत्रिएपनि वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार विच मूख्य प्रतिस्पर्धा हुने देखिन्छ । प्रतिनिधि सभाका उम्मेद्वार वामगठबन्धनका नेकपा एमालेका पोलिटव्युरो सदस्य भुपेन्द्र थापा र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली काग्रेसका जिल्ला सभापति खम्वीर गर्बुजा विच तिव्र प्रतिस्पर्धा भएपनि उनीहरुमा जिल्लाको खसेको मतमा ४७ हजार ४४९ मतमा कसले कति ल्याउछ र जित्छ भन्ने आकलनमा दलका नेता कार्यकतामा ब्यस्त देखिन्छन् । उत्ता उम्मेद्वारहरुलाई “मरि मरि बाचिरहेछु” भनेजस्तै जित र हारको संगमस्थलमा तड्पिरहेका छन् ।

प्रदेश क्षेत्र नम्बर १ मा वामगठबन्धनका नेकपा माओवादी केन्द्रका युवा नेता विनोद केसी र लोकतान्त्रिक गठबन्धनका राप्रपाका भिमप्रसाद गौचन रहेको क्षेत्रमा बेनी नगरपालिका सहित रघुगंगा र अन्नपुर्ण गाउँपालिका रहेका छन् । क्षेत्र नम्बर १ मा कुल ४२ हजार ९९३ जना मतदाता रहेका छन् जसमध्ये २७ हजार ६ सय ७५ जनाले मतदान गरेका थिए । यो क्षेत्रमा स्थानीय चुनावमा तिनओटा प्रमुख र उपप्रमुख नेपाली काग्रेसको गठबन्धनले जितेको थियो । स्थानीय चुनावको मतको आधार हेर्ने हो भने नेकपा एमाले र माओवादी केन्द्रको मत जोडेर हेर्दा झिनो मत अन्तरले लोकतान्त्रिक गठबन्धनभन्दा अगाडी देखिन्छ । जसले गर्दा कसले जित्छ भन्न नसकिने जिल्ला नेताहरुले बताउछन् ।

त्यस्तै प्रदेश क्षेत्र नम्बर २ मा वामगठबन्धनका पुर्व राज्यमन्त्रि भइसकेकी नेकपा एमालेकी नरदेवी पुन लोकतान्त्रिक गठबन्धनका नेपाली काग्रेसका क्याम्टेन अमलाल फगामी विच तिव्र प्रतिस्पर्धा हुने निश्चित छ । प्रदेश २ मा कुल ३२ हजार ५४५ जना मतदाता रहेका छन् भने जसमध्ये १९ हजार ७७४ मत खसेको थियो । स्थानीय चुनावलाई आकलन गर्ने हो लोकतान्त्रिक गठबन्धन भन्दा वामगठबन्धन यो क्षेत्रमा बलियो देखिन्छन् । किनभने स्थानी चुनावमा तिन प्रमुख पद मध्ये १ लोकतान्त्रीक गठबन्धन र २ नेकपा एमाले जितको थियो भने उपप््रमुख पनि नेकपा एमालले जितेको थियो । यो क्षेत्रमा माओवादीको बलियो आधार भएको क्षेत्र हो ।
जिल्लामा राजनीतिक दलहरुमा भएको तालमेलले वामगठबन्धनलाई लालकिल्ला जोगाउने र लोकतान्त्रिक गठबन्धनलाई भत्काउने चुनौती मतपेटिकामा कैद भएको छ ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l