मोनाको कार्य बिभाजन

  • १३ मंसिर २०७४, बुधबार
  • 2444 पटक पढिएको

 

म्याग्दी, १३ मंसिर । प्रवासी नेपाली म्याग्देली संघ (मोना) अन्तराष्ट्रिय समन्वय परिषद् अन्तरगत विभिन्न कार्यदल गठन भएको छ ।

गत असोज २३ गते दरवाङमा सम्पन्न दोस्रो महाधिवेशनबाट चयन भएको नयाँ कार्य समितिको बैठकले विभिन्न कार्यदल गठन गर्ने निर्णय गरेको थियो । महाधिवेशनका क्रममा जारी भएको घोषणापत्र कार्यान्वयनका लागि कार्यदल गठन गरी जिम्मेवारी बिभाजन गरिएको मोनाका अध्यक्ष चक्रबहादुर थापाले जानकारी दिनुभयो ।

लगानी कार्यदलमा योगेन्द्र क्षेत्री, एनआरएनए समन्वय तथा संगठन विबभामा योगकुमार फगामी, बालबालीका तथा पिछडीएका महिला संरक्षणमा योगेन्द्र क्षेत्री र टिका गुरुङ, सञ्चार कार्यदलमा दुत पुन र तिलक मल्ल चयन हुनुभएको छ ।

सांस्कृतीक प्रर्वद्धन तथा व्यवस्थापनमा जंग पुन, सदस्यमा राजु पुन, महेन्द्र बानिया, घनश्याम शाही, दिगो व्यवस्था तथा एकद्धार प्रणाली कार्यदलमा संयोजक चक्रबहादुर थापा, सदस्यमा भिम पुर्जा, बिक्रम कार्की र हरि राम्जाली, आपतकालीन परोपकारी अक्षयकोषण कार्यदल संयोजकमा टिका गुरुङ, सदस्यमा तुल्मराम राम्जाली र भुगोल शेरचन चयन हुनुभएको छ ।

दरवाङ बजार कटान नियन्त्रण कार्यदल संयोजकमा चक्र थापा, सदस्यमा ओमनारायण जुक्जाली, प्रेम रसाईली भिम पुर्जा, प्रकाश पुन, जंग पुन र घनश्याम शाही, स्मारीका प्रकाशन कार्यदल संयोजकमा चक्रबहादुर थापा, मिम पुर्जा र महेन्द्र बानिया, महिला सञ्जाल विस्तार कार्यदलमा आशा पाईज, भुगोल शेरचन र बिस्नु बानियालाई जिम्मेवादी तोकीएको छ ।

यसैगरी प्रबक्तामा मोना युकेका सदस्य प्रवेश केसी, ओसियाना संयोजक मुक्ति रोका, उपसंयोजक दिपकप्रसाद भण्डारी, युरोप उपसंयोजक किसान जिसीलाई नियुक्त गरिएको छ । आईसी सदस्यहरुमा भरत भर्ती, सन्तोष थापा, प्रबिन शाही, बिनोद थापा, संगित जिसी, भिम शेरचन, ठरबहादुर भण्डारी, किरन शाही, गणेश श्रेष्ठ, मानकाजी नेपाली, लोक राना, प्रदिप सुवेदी, दिनेश बानिया, गमबहादुर जुक्जाली, निरबहादुर श्रेत्री, भुपेन्द्र शेरपुञ्जा युएसए संयोजक तथा भेषबहादुर क्षेत्रीलाई जापानबाट सदस्यमा नियुक्त गरिएको मोनाले जनाएको छ ।