नेपाल दशनामी समाजको साखा कतार गठनः अध्यक्षमा म्याग्दीका गिरि

  • ११ मंसिर २०७४, सोमबार
  • तिलु शर्मा पौडेल
  • 3651 पटक पढिएको

दोहा कतार, ११ मंसिर । देशमा आएको आमुल परिबर्तन संगै बिभिन्न जातजाति, क्षेत्र वर्गका सङ्घ सङ्गठन स्थापित हुन थालेका छन् । त्यसको लहर देश देखि बिदेस सम्म फैलिएको छ । फलस्वरूप नेपालका बिभिन्न ठाउँबाट कतार आइ भिन्न भिन्न पेशा र व्यवसायमा संलग्न रहनु भएका गिरि,पुरी,भारती, वन, पर्बत, सागर, सरस्वती, आरन्य, तिर्थ र आश्रम गरि दस थरका समुदायले आफनो साझा सस्थाको रुपमा “दशनामी एकता,आजको अपरिहार्यता“ भन्ने मुल नारालाइ अँङ्गिकार गर्दै “नेपाल दशनामी समाज शाखा कतार”को स्थापना गर्दै पहिलो साधारणसभा सम्पन्न गरेको छ ।


गत शुक्रबार कतारमा सम्पन्न साधारणसभाबाट २५ सदस्यीय कार्य समिति चयन गरिएको छ । समितिका संयोजक थम गिरीको सभापतित्व तथा दशनामी समाज नेपालका पुर्ब केन्द्रीय अध्यक्ष एवं बर्तमान प्रमुख सल्लाहकार रबिद्र गिरीको प्रमुख आतिथ्यतामा समपन्न उक्त कार्यक्रममा दशनामी समाज नेपालका केन्द्रीय सदस्य एवं युवा इन्चार्ज खगेन्द्र गिरी लगायत दोहा कतारका बिभिन्न ओहदा तथा भातृसंगठनका ब्यक्तिहरुको उपस्थितमा ्ब्यानर अनाबरण तथा दिप प्रज्वलन गरि उद्घाटन गरिएको थियो । कार्यक्रममा माया गिरीको स्वागत मन्तब्य तथा अजय गिरीको स्वागत गित संगै सस्थाको पृष्ठभुमीको बारेमा रामजी गिरीले स्पस्ट पारेका थिए ।


४ नम्बर प्रदेशको तर्फबाट स्याङ्जा सहयोग समाजका अध्यक्ष धनन्जय लम्सालले र ५ नम्बर प्रदेशका तर्फबाट अर्घाखाँची सेवा समाजका अध्यक्ष ठाकुर परियारले शुभकामना मन्तब्य कार्यक्रममा गायक राजन कटुवाल, दिपेस पुन तथा दाङ देउखुरी सेवा समाज कतारका सास्कृतिक बिभाग कलाकार सुदिप पुन, रितु तामाङ, राजन चापागाईं लगायतले आफनो साँगितिक प्रस्तुति राखेका थिए ।

बैचारिक सस्थाको तर्फबाट नया शक्ति नेपाल कतारका तानबिर आलाम ,संघीय समाजबादी फोरम कतारका शेर धन राई ,जनसम्पर्क समितिको तर्फबाट महामन्त्री मोहमद अजिज अलि नेपाली प्रबासी मन्च कतारको तर्फबाट अध्यक्ष चानक पोखरेल, जातिय सस्थाको तर्फबाट खस क्षेत्री समाज कतारका अध्यक्ष खेगेन्द्र कार्कीले मन्तब्य राख्नु भएको थियो । शुभकामना मन्तब्यकै क्रममा समाजसेबि तथा सामाजिक व्यक्तित्व के बि हमाल, करिम बकस मिया ,हंसराज ढकाल, सागर नेपाल,टीबी कार्की,रामहरि गैरे, समीर के सि एनआरएन ए आइ सि सि सदस्य बिमल सुवेदी लगायतले नयाँ कार्यसमितिको सफल कार्यकालको शुभकामना दिदै ै भबिस्यमा सहकार्य गर्ने बचन बद्धता गरेको थिए ।

नेपालबाट आमन्त्रित बिशेष अतिथि खगेन्द्र गिरीले समसामयिक बिषयमा उठेका प्रश्नहरुको जवाफ दिदै दशनामी समाज नेपालको स्थापना तथा आवस्यकता आफनो पहिचानको संघर्स संगै सामाजिक कार्यको लागि दशनामी समाजको स्थापना गरिएको जानकारी गराउदै कसैले पनि राजनीतिक रुप नदिन आग्रह गर्नु भयो ।

सभाका प्रमुख अतिथि नेपाल दशनामी समाजका प्रमुख सल्लाहकार रबिन्द्र प्रसाद गिरीले आफु अध्यक्ष हुदा गरेका कार्य, नेपालको संबिधानले पनि आफ्नो समुदायलाई अन्य जातिमा राखेर अपव्याख्या गरेको हुदा त्यसलाई चिर्दै हामिहरु पनि नेपालका सनातन सन्तान नेपालि भएको प्रकास पार्दै आफनो सँस्कार चाल चलनको बारेमा स्पस्ट पार्नु भयो । तदर्थ समिति सदस्य तथा बिधान संयोजक पदम गिरीले सहजीकरण गरेको उक्त कार्यक्रमका सभापति थम गिरीले दशनामी समाज बिशुद्ध समाजसेवा र जातीय पहिचानको लागि कतारमा खुलेको संस्था बताउदै कार्यक्रम समापन गर्नुभएको थियो ।

थमकुमार गिरीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति सर्बसम्मत रुपमा चयन गरिएको छ। जसको बरिस्ठ उपाध्यक्ष पदम गिरी(तनहु), उपाध्यक्ष रमेश भारती (तेर्हथुम), महिला उपाध्यक्ष माया गिरी (दाङ), महासचिव अजय गिरी (तनहु), जनसम्पर्क सचिब प्रकास गिरी, (तनहु) सचिबालय सचिब डिला गिरी, (रुपन्देही) कोषाध्यक्ष भिमलाल पुरी (नवलपरासी) रहनुभएको छ । समितिको सदस्यमा रबिना भारती ,पुर्निका गिरी, बिष्णु गिरी ,ज्ञानराज पुरी, भोजराज गिरी, कृष्ण गिरी, अमृत राज पुरी, नबराज गिरी, नारायण भारती लगायत रहनुभएको छ । विधान बमोजिम प्रदेश सद्स्यहरुमा( प्रदेश १(अरुण गिरी, ३ मा मोहन गिरी, ४( महेन्द् गिरी, ५( वसन्त गिरी रहनुभएको छ ।

संस्थाको परमुख सल्लाहकारमा बसन्त राज पुरी तथा सरक्षकमा रामजी गिरि रहनु भएको छ । प्रदेश २, ६ र ७ आगामी दिनमा बस्ने पूर्ण कार्यसमितिले निर्णय गरि पूर्णता दिईने जनाइएको छ । बिगत केही महिना यता दशनामी सेवा समाज दोहा कतार नामाकरण गरि तदर्थ समिति गठन गरी साधारण सभा सम्पन्न गरे पनि पहिलो साधारण सभाको बन्दसत्र संगै सस्थाको नाम “नेपाल दशनामी समाज शाखा कतार” राखिएको सस्थाका नब निर्बा्चित बरिस्ठ उपाध्यक्ष तथा बिधान सँयोजक पदम गिरीले जानकारी दिए । कार्यक्रममा कलाकार तथा आर्थिक सहयोगीलाइ सम्मान गरिएको कार्यक्रमको सहजिकरण बिमल सुबेदीले गरेका थिए ।

 

तिलु शर्मा पौडेल