बाम गठबन्धनको बेनीमा घरदैलो गरेर चुनाव प्रचार अभियानको समापन (भिडियो सहित)

  • ७ मंसिर २०७४, बिहीबार
  • 2325 पटक पढिएको

म्याग्दी ७ मंसिर । पहिलो चरण अन्र्तगत म्याग्दीमा आगामी आईतबार हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावको प्रचार प्रसार कार्यक्रम अन्र्तगत बाम गठबन्धनले बिहीबार सदरमुकाम बेनीमा घरदैलो गरेर चुनाव प्रचार समापन गरेका छन् ।

कात्तिक ५ गते मनोनयन दर्ता गरेलगत्तै चुनाव प्रचार अभियान लिएर गाउँ पसेका एमाले माओवादीको गठबन्धनका उमेद्वारहरुले बेनीमा बिहीबार घरदैलो गरेका हुन् ।

बाम गठबन्धनबाटा प्रतिनिधिसभाका उमेद्वार एमालेका भुपेन्द्र थापा र प्रदेशसभा क्षेत्र कका माओवादीका उमेद्वार बिनोद केसीको टोलीले घरदैलो गरेका थिए ।

एक महिनासम्म गाउँ बस्तीमा सभा, घरदैलो र कार्यकर्ता भेटघाट गरेर सदरमुकाम झरेका उमेद्वारहरुलाई प्रचारको अन्तिम दिन बेनीबासीलाई भेटेर भोट माग्न भ्याई नभ्याई भएको थियो ।

उमेद्वारहरुले पार्टीको चुनावी गित र जिङ्गल बजाउँदै नेता, कार्यकर्तालाई साथमा लिएर घरदैलो गरेका थिए । सो अबवरमा बाम गठबन्धनका नेता तथा कार्यकर्ताहरुले आफ्नो निर्वाचन चिन्हबारे बजारबासीलाई अवगत गराउँदै मतदानको लागि आह्वान समेत गरेका थिए ।

आज रातीदेखि मौन अवधि सुरु हुने भएकाले औपचारीक रुपमा प्रचारप्रसार गर्न नपाईने भएकाले बाम गठबन्धन लगायत जिल्लामा क्रियाशिल दलहरुले आज दिउँसो बेनी बजारमा घरदैलो सहित चुनाबी प्रचार प्रसारको औपचारिक रुपमा समापन गरेका छन् ।