बाम गठबन्धनको पुलाचौर र अर्थुङ्गेमा चुनावी सभा

“पञ्चायतकालमा जगन्नाथको मुर्ति चोरी भएको पुलाचौरबासीले बिर्सीएका छैनन्”

  • ५ मंसिर २०७४, मंगलवार
  • 1706 पटक पढिएको

म्याग्दी, ५ मंसिर । पार्टी एकताको घोषणा सहित चुनावी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले आगामी आईतबार हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रचार अभियान अन्तरगत मंगलबार बेनपा ५ पुलाचौर र ६ अर्थुङ्गेमा आमसभा गरेका छन् । आमसभामा एमालेका पोलीट ब्युरो सदस्य तथा समानुपातीक उमेद्वार थममाया थापाले नेपालमा विकासको आधार बामपन्थीले बसाएको बताउँदै विगतका बामपन्थी सरकारले सुरु गरेका जनपक्षिय कामलाई निरन्तरता, विकास र सम्बृद्धीका लागि थप काम गर्न यसपालीको चुनावमा बामपन्थी उमेद्वारलाई मतदानका लागि आग्रह गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका पोलीट ब्युरो सदस्य गोविन्द पौडेलले म्याग्दीको सडक, शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी, सिचाई, कृषि, पर्यटन, जलविद्युतको विकासमा बामपन्थीको महत्वपूर्ण योगदान रहेको बताउँदै म्याग्दीको विकासलाई तिब्रता दिन बाम गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो । पञ्चायतकालमा ऐतिहाँसीक महत्वको जगन्नाथ मन्दिरको मुर्ती चोरी भएको पुलाचौरबासीले नबिर्सीएको बताउँदै पौडेलले मन्दिरको मुर्ती चोरेर बेच्नेले धर्म, संस्कृती र संस्कारको संरक्षण गर्लान भनेर विश्वास गर्नु जनताको महाभुल हुने बताउनुभयो ।

निवर्तमान सांसद तथा एमाले नेता नवराज शर्माले संबिधान निर्माण गर्ने प्रमुख जिम्मेवारी पुरा गरेको बताउँदै खानेपानी समस्याले आक्रान्त पुलाचौर, अर्थुङ्गे, घतान क्षेत्रका बासिन्दाको सुबिधाका लागि निजी धारा जडान गर्ने लक्ष्य सहित बृहत घोप्टेखोला खानेपानी आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको जानकारी गराउनुभयो । नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य तथा प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्र थापाले आफूले अनावश्यक आश्वासन र भ्रमको खेती नगर्ने तर जनताले राहत महशुस गर्ने काम गरेर देखाउने बताउनुभयो । बेनी अर्थुङ्गे पुलाचौर हुँदै कुहुँ जोड्ने सडकको स्तरउन्नती, पुलाश्रम र जगन्ननाथलाई धार्मीक पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गर्न प्राथमिकता दिने बताउनुभयो ।

प्रदेशसभा क्षेत्र कका माओवादी केन्द्रका उमेद्वार बिनोद केसीले कृषि, पर्यटन, जलविद्युतको विकास र खनिजको उत्खनन् गरि म्याग्देली युवाहरुलाई जिल्लामै रोजगारीको अवसर सिर्जना गर्न प्राथमिकता दिने बताउनुभयो । राजतन्त्र फर्काएर देश र जनतालाई दन्द्धको भुमिरीमा फसाउन चाहनेले विकास गर्न नसक्ने बताउँदै केसीले आफूले युवाहरुको समस्या समाधानका लागि निती निर्माण ग र्न र समग्री जिल्लाको विकासमा सक्रिय भुमिका निर्वाह गर्ने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले पछिल्लो पटक एमाले र माओवादी केन्द्र नेतृत्वको सरकारले म्याग्दी हुदै उत्तर दक्षिण जोड्ने कालीगण्डकी लगायत सात वटा उत्तर दक्षिण जोड्ने राजमार्ग निर्माण सुरु, उज्यालो नेपाल अभियान, लोडसेडीङको अन्त्य गर्ने जस्ता जनपक्षिय कामलाई निरन्तरता दिन जनताले बाम गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो । माओवादी केन्द्रका टेकबहादुर विश्वकर्मा, एमालेका गोविन्दप्रसाद सुवेदी, बेनपा ५ का वडा अध्यक्ष लक्ष्मण बानिया र अनेरास्ववीयुका केन्द्रिय सदस्य प्रकाश पौडेलले एमाले माओवादी चुनाव लगत्तै पार्टी एकता समेत हुन लागेकोमा जनतामा आशा र उत्साह जागेकाले बामपन्थीको जित सुनिश्चित भएको बताउनुभयो ।

पुलाचौरमा संयुक्त चुनाव परिचालन समितिका संयोजक भोजबहादुर कार्कीको अध्यक्षता, सहसंयोजक सागर पौडेलको स्वागत र एमाले जिल्ला सदस्य हेमराज शर्माको सञ्चालनमा आमसभा सम्पन्न भएको थियो । गणेश बानियाको अध्यक्षता, राजेन्द्र केसीको सञ्चालन र वडा अध्यक्ष कृष्णबहादुर बानियाको स्वागत मन्तब्यमा सम्पन्न अर्थुङ्गेको आमसभामा प्रदेशसभा क्षेत्र कका युवा संघका संयोजक शिशीर शाहीले पनी मन्तब्य व्यक्त गर्नुभएको थियो । आमसभामा कलाकारहरुले जनवादी गित र नृत्य प्रस्तुत गरेका थिए ।